विराटनगरका अस्पताल डुलाउँदा डुलाउँदै गर्भवती महिलाको मृत्यु ।



प्रकाशित: भाद्र १९, शुक्रबार, विराटनगर ।

विराटनगरका कुनै पनि अस्पतालले भर्ना लिन नमान्दा एक गर्भवती महिलाको मृत्यु भएको छ । उनको पेटमा सात महिनाको गर्भ थियो । 

उपचारका लागि बुधबार रातभर विराटनगरका मानिएका अस्पताल डुलाउँदा पनि भर्ना नगरेपछि धरान पुर्‍याइएकी मोरङको कानेपोखरी गाउँपालिका ५ कि २३ वर्षीय सविना थापा दर्जीको मृत्यु भएको हो ।

उनी मंगलबार राति १० बजेतिर शौचालयमा लडेकी थिइन् तर अवस्था सामान्य नभएका कारणले उनलाई बुधबार विराटनगर उपचारकालागी लिएको थियो । सबिना की आमाजू दुर्गा सुन्दास का अनुसार एम्बुलेन्समा राखी विराटनगरका विभिन्न स्थल बोलाउँदा पनि कसैले भर्ना नलिएको भनाइ छ । बिहीबार बिहान करिब २ बजेतिर धरान प्रयोग सविनाको केही क्षणमै मृत्यु भएको थियो ।

विराटनगरको नोबेल मेडिकल कलेज, विराट मेडिकल कलेज, विराट नर्सिङहोम, ग्रीनक्रस, कोशी अस्पताल र सुरक्षा अस्पताल पुर्‍याएपनि उनलाई कुनै अस्पतालले भर्ना गर्न मानेका थिएनन् ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार