गत आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले आवश्यक सुरक्षा व्यवस्था मिलाएर चिकित्सक दर्ता प्रमाणपत्र परीक्षा सञ्चालन गर्न दिने निर्णय गरेको छ।
नेपाल मेडिकल काउन्सिलले संचालन गर्ने चिकित्सक दर्ता प्रमाण-पत्रको परीक्षामा जनस्वास्थ्य तथा सुरक्षाका मापदण्ड पालना गर्ने गरी प्रत्येक परीक्षार्थीको चारैतर्फबाट कम्तीमा दुई-दुई मिटरको दुरी कायम हुने गरी र एउटा परीक्षा हलभित्र बढीमा २५ जना परीक्षार्थी रहने व्यवस्था मिलाई सञ्चालन गर्नुपर्ने निर्णयमा उल्लेख गरिएको सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चार प्रविधि मन्त्री डा. युवराज खतिवडाले जानकारी दिए।
प्रवक्ता डा. खतिवडाका अनुसार सो परीक्षा सञ्चालन प्रयोजनका लागि आवश्यक आवतजावतको सहजीकरण र सुरक्षाको व्यवस्था स्थानीय प्रशासनले मिलाउनु पर्ने छ।
Post a comment
आफ्नो प्रतिक्रिया दिनुहोस् :