फेरि एक चेलीको बलात्कारपछि हत्या पोस्टमार्टम रिपोर्टले गर्यो पुष्टि ।



प्रकाशित: असोज ११, आइतबार, चैनपुर ।
बझाङमा मृत फेला परेकी १२ वर्षीया सम्झना विकको बलात्कारपछि हत्या भएको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरी स्रोतले जानकारी दिए ।

जिल्ला अस्पताल बझाङले प्रहरीलाई शनिबार दिएको पोस्टमार्टम रिपोर्टमा योनाङ्गमा घाउ भएको देखाएको तर उनको मृत्युको कारण कलेजो च्यातिएर भएको भनिएको छ। 

टाउको, पिठ्यु र अनुहारमा पनि चोट देखिएको छ भने कलेजोमा पनि ठूला घाउ देखिएको छ।

गत बुधबार गाईबस्तुलाई घाँस हाल्न गएकी मस्टा गाउँपालिका २ की सम्झना मृत अवस्थामा फेला परेकी थिइन्।


शनिबार चैनपुरमा स्थानीय बासिन्दाले उनलाई बलात्कारपछि हत्या गरिएको भन्दै हत्यारालाई कारवाही गर्न प्रदर्शनसमेत गरेका थिए।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार