विराटनगर महानगरपालिका प्रमुख भीम पराजुली सेल्फ क्वारेन्टाइनमा ।



प्रकाशित: भदौ ३०, मंगलबार, बिराटनगर ।
बिराटनगर महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत इन्द्रमणी पोखरेल र मेयर भिम पराजुलीका सवारी चालकलाई कोरोना संक्रमण पुष्टि भएपछि पराजुली‌ क्वारेन्टाइनमा बसेका छन् । प्रमुख प्रशासकिय अधिकृत पोखरेललाई आइतबार

संक्रमण पुष्टि भएको हो भने मेयर पराजुलीका सवारी चालकलाई सोमबार बिहान कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमितको क्लोज कन्ट्याकमा भएकाले केही दिन सेल्फ क्वारेन्टाइनमा बसेर पीसीआर परीक्षण गराउने प्रमुख पराजुलीले बताए । उनी आइतबारदेखि नै जैन भवनको क्वारेन्टाइनमा बसेका छन् ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार