प्रकाशित: भदौ २२, सोमबार, काठमाडौँ ।
भदौ २० गतेसम्म आयात गरिसक्नु पर्ने मल आयात नगरेपछि सरकारले शैलुङ इन्टरप्राइजेज र होनिको मल्टिपलसंगको ठेक्का सम्झौता रद्द भएको छ ।
आर्थिक वर्ष २०७६/७७ को लागि यी दुई कम्पनीले २५/२५ हजार मेट्रिक टन युरिया मल आयात गर्न नसकेपछि दुबै कम्पनीको ४ करोड ८० लाख र ४ करोड ८० लाख धरौटी रकम समेत जफत गर्ने निर्णय भएको कृषि मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा कृषि तथा पशुपन्छी मन्त्री घनश्याम भुसालले जानकारी दिए। मन्त्री भुसालका अनुसार पेट्रोलियम प्रदार्थसरह विभिन्न मुलुकसँग सम्झैता गरेर मल आयात गर्नेगरी छलफल भइरहेको मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बताए ।
Post a comment
आफ्नो प्रतिक्रिया दिनुहोस् :