भारतसँग जोडिएका मोरङ सुनसरी सीमावर्ती क्षेत्रमा तस्करी रोक्न सुरक्षा अधिकारीहरूबीच छलफल।



प्रकाशित: असोज ९, शुक्रबार, बिराटनगर ।
भारतसँग जोडिएका प्रदेश नम्बर १ को जिल्लाहरू झापा ,मोरङ ,सुनसरी को खुला सीमाका कारण लागूऔषध, हातहतियार खाद्यान्न र लत्ताकपडा र अन्य सामाग्रीको तस्करी यी जिल्लाहरूको साझा समस्या बनेको छ भने भारतको विहार राज्यमा मदिरा प्रतिबन्ध भए देखि नेपालबाट भारततर्फ मदिरा तस्करी लगायत हरियो केराउ मरिज सुपारी आदिको तस्करी हुँदै आइरहेको छ।

यसैबीच यस्ता गतिविधिहरु तोक्न बुधबार मोरङ-सुनसरी र भारतका सीमावर्ती जिल्लाका सुरक्षा अधिकारीहरुको छलफल भएको छ।

छलफलमा खुला सीमाका कारण भारतबाट हुने अवैध हतियार लागूऔषध र अन्य सामाग्रीको तस्करी रोक्न नेपाली सुरक्षा निकायले भारतीय सुरक्षा अधिकारीहरुसँग आग्रह गरेका थिए । भारतीय पक्षले भने नेपालबाट हुने मदिरा ओसारपसार र कालोधन ओसारपसारमा हरियो केरउ, मरिज सुपारी आदि जस्ता अन्य सामग्रीहरु को ओसारपोसार नियन्त्रण गरिदिन नेपाली सुरक्षा अधिकारीहरुसँग आग्रह गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले बताएका छन्।

खड्काका अनुसार बैठकमादुवै देशका अधिकारीहरुले भारतीय सीमा अपराध, सीमा स्तम्भ, मानव बेचबिखन, चौपायाको तस्करी रोक्न सहकार्य गर्ने र विहारमा निकट भविष्यमा हुने निर्वाचनका लागि सहयोग गर्ने निर्णय भएको बताए।

पछिल्लो समय खुला सिमानाका कारण बन्दा बन्दीको अवस्थामा सीमा सिलहुदा पनि कोरोना महामारीको संक्रमणलाई बेवास्ता गर्दै तस्करीको गतिविधि रोकिएको थिएन।।

भारतबाट नेपालतर्फ खाद्यान्न लत्ता कपडा रजनीगंधा आदिजस्ता उनी सामाग्री हो ओसारपसार गर्ने क्रममा नियन्त्रणमा लिइएको थियो भने नेपालबाट भारततर्फ हरियो केरउ मरिज आदि ठूलो परिमाणमा ट्रयाक्टर सहित नेपाल प्रहरीद्वारा नियन्त्रणमा लिइएको थियो।

सीमावर्ती क्षेत्रमा नेपालतर्फ सिमाबाट केही मिटरको दुरीमा मात्र ठूलो परिमाणमा गोदाममा स्टक गरि रातिको समयमा भारत तर्फ ट्रयाक्टर, पिकअप भ्यान आदिमा लगिने गरिन्छ।

सिमाक्षेत्रमा गोदाम राख्न गैरकानुनी भएपनि नेपालकोमा दर्ता व्यवसायी भनेर किलोमा खपत नहुने ठाउँमा टन का टन थुपारेर भारततर्फ तस्करी हुँदै आएको छ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार