पी.सी.आर मेसिन कोरोना परिक्षणका लागि बनेको हो त ?



प्रकाशित: भाद्र १६, सोमबार ।
अहिले विश्वका कैयौँ मुलुकहरुमा लकडाउन र निषेधाज्ञा गरिएको छ र हाम्रो देश पनि त्यसबाट अछुतो छैन । पी सी आर परिक्षण गरि यति संक्रमित र ऊति संक्रमित भनिरहेका छौँ । तर केहि दिन यता एउटा नया तथ्य सामाजिक संजालमा आइरहेको अवस्था छ ।

हामी त्यस्तो मेसिनले कोरोना परीक्षण गराइरहेका छौँ, जुन मेसिन बनाउनेले समेत " यो मेसिनलाई अनुसन्धानका लागि मात्र प्रयोग गर्नु " भनेका थिए । यहाँ मेसिन को अनुसन्धान हैन, व्यक्तिको अनुसन्धान भइरहेको छ उक्त मेसिनले । जुन मेसिन कोरोना जाँचका लागि नैं योग्य छैन, त्यही मेसिनले देखाएको रिपोर्टका आधारमा होटल र अस्पताल पोसिरहेका छौँ । कतिपय अवस्थामा सामान्य रुघा मर्की लागेको अवस्थामा पनि यो मेसिनले कोरोना पोजिटिभ देखाएको कुरा पनि बाहिर आइरहेको छ । कतिपय देशहरुले यो मेसिनलाई नै बहिस्कार गरेका छन् ।

लक डाउनले केही गर्दैन भन्ने प्रमाणित भइसकेको छ । आधा साल लक डाउन ले के उन्नति निम्त्याएको छ भन्ने कुरा सबैलाई जानकारी छ । बरु अहिले आएर यसले होटल व्यवसायी लाई राम्रो फाइदा पुर्याइदिएको छ । पर्यटन ठप्प भएका बेला खचाखच होटल भरिनु, वरदान सावित हुने भो, तर विद्यालय र त्यहाँ पढाउने शिक्षक, विद्यार्थीको अवस्था बिजोग बन्दै गैरहेको छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार