विदेशी कम्पनीले छाप्दै आएको अति महत्वपूर्ण स्टिकरको छपाइको टेन्डर रद्द भएपछि नेपालमा पहिलोपटक जीटुजी प्रक्रियाअनुसार जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको सुरक्षण मद्रणलय (सेक्युरिटी प्रेस)मा करिब ७० करोड स्टिकर छाप्न लागेको होे ।
केन्द्रले एक दुई दिनमा विभागको डिजाइनअनुसार नमुना छपाई गरेर स्वीकृत गराएपछि छपाई सुरू गर्ने केन्द्रका प्रवक्ता चित्र आचार्यले जानकारी दिए ।
आन्तरिक राजस्व विभागले सरकारी निकायसँग प्रतिस्पर्धा गर्न नपर्ने भएकाले दुई महिनाअघि गरिएको सम्झौताका आधारमा केन्द्रको सेक्युरिटी प्रेसमा छपाइ गर्न दिएको विभागका महानिर्देशक विनोदको आरले जानकारी दिए ।
अति गोप्य सामग्रीको रुपमा रहेको अन्तशुल्क स्टिकर तीन सुरक्षा घेराभित्र छपाइ गर्न लागिएको हो। नेपाली सेना सशस्त्र प्रहरी र नेपाल प्रहरी सुरक्षा घेराभित्र छपाई छु भएपछि प्रेसका अपरेटर केन्द्रका जिम्मेवार व्यक्ति र विभागका अधिकार प्राप्त व्यक्ति मात्र बस्न पाउने छन्।
Post a comment
आफ्नो प्रतिक्रिया दिनुहोस् :