कोरोनाको उत्पत्ति स्थल वुहानको विद्यालयमा पठनपाठन सुरु।



प्रकाशित: भदौ १७, बुधबार, विदेश ।
जनवरीदेखि ११ सातासम्म वुहानमा गरिएको लकडाउन गत अप्रिलमा हटाइएसँगै वुहानको जनजीवन सामान्य बन्दै गएको थियो। तर विद्यालय जस्ता केही क्षेत्र हरु सुचारु गरिएको थिएन।

चीनको वुहान शहरबाट फैलिएको कोरोना भाईरस विश्वमा महामारीको रुप लिएकोछ भने चीनमा कोरोना भाइरसको कारण मृत्यु हुनेको कुल संख्या मध्ये ८० % वुहानका मानिस छन् । संक्रमणको अवस्था सामान्य भएसँगै लामो समयको लकडाउन पछि वुहानको जनजीवन सामान्य बन्दै गएको पछि वुहान सहरका १४ लाख बालबालिका डिसेम्बरपछि पहिलोपटक विद्यालय फर्किएका छन् ।

विद्यालय सञ्चालनमा आएसँगै बिहान विद्यार्थीहरु आउँदा सबैको तापमान नाप्नु अनिवार्य गरिएको र उनीहरुले घर आउँदा र जाँदा मास्क लगाउनुपर्ने छ। तर, वुहानमा कोरोनाको दोस्रो लहर आउनसक्ने सम्भावना भएमा पुन: अनलाइनबाट पढाइ गर्ने दिशामा पनि अधिकारीहरुको तयारी रहेको छ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार