विश्वलाई हतियार होइन मास्क चाहिएको छ भन्दै प्रधानमन्त्री ओलीद्वारा यूएनलाई सुधार गर्न आग्रह ।



प्रकाशित: असोज १०, शनिबार, काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार न्यूयोर्कमा जारी संयुक्त राष्ट्र संघ (यूएन) को ७५ औं महासभामा भर्चुवल सम्बोधन गर्दै यूएन लाई सुधारको लागि आग्रह गरेका छन् ।

नेपालको सरकार प्रमुखको तर्फबाट सम्बोधन गर्ने क्रममा ओलीले यूएनलाई अझ बढी कुशल, प्रभावकारी, समावेशी र पारदर्शी बनाउन सुधार गर्न आग्रह गरेका थिए।

जीवन रक्षाका लागि सामाजिक क्षेत्रमा लगानी चाहिएको भन्दै उनले जीवन विनाशका लागि सैनिक खर्च कम गर्नुपर्नेमा जोड दिएका थिए भने आणविक सन्धिको पुनरावलोकन सम्मेलन लगायत निशस्त्रीकरण सम्बन्धी प्रक्रियाहरु स्थगन भएको वर्तमान अवस्थामा विश्वलाई सुरक्षित बनाई राख्न सम्बन्धित पक्षहरुले सन्धि अन्तर्गतका दायित्व पुरा गर्नुपर्ने ओलीको धारणा रहेको थियो

ओलीका अनुसार संसारलाई अहिले बन्दुक भन्दा पनि बढी मास्क चाहिएको भन्दै यसमा लगानी गर्नुपर्नेमा जोड दिए । सन् २०१९ मा विश्वको कुल सैनिक खर्च १ दशमलव ९ ट्रिलियन अमेरिकी डलर पुगेको भन्दै यसको सानो अंशले गरिब र अभावमा पिल्सिएका लाखौँ मानिसलाई राहत मिल्ने उनको धारणा थियो ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार