बाल दिवसका अवसरमा रास्ट्रपति को संदेश |



प्रकाशित: भाद्र: २९, सोमबार , काठमाडौँ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना महामारीको विषम परिस्थितिमा बालबालिकाहरूको भविष्य सुनिश्चित गर्न सबै सरोकारवालाहरुलाई आग्रह गर्नुभएको छ । बालबालिकाहरूको भविष्य सुनिश्चित गर्न तीन तहका सरकारी निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर सरकारी संस्था, नागरिक समाज तथा अभिभावकहरुको संवेदनशील हुनुपर्ने राष्ट्रपति भण्डारीको आग्रह छ ।

यस वर्ष राष्ट्रिय बाल दिवस ' विपदमा बाल अधिकारको सुनिश्चितता, हामी सबैको प्रतिबद्धता " भन्ने मूल नाराका साथ आज मनाइँदैछ । 

राष्ट्रपतिको शुभकामना सन्देशमा " गुणस्तरीय तथा व्यवहारिक शिक्षा प्राप्त गर्नु बालबालिकाहरूको नैसर्गिक अधिकार भएको सन्दर्भमा विद्यालयहरुले बालमैत्री शैक्षिक वातावरणको निर्माण गरी बालबालिकाहरूका लागि आकर्षणको केन्द्र बनाउन सबै तहका सरकार, राष्ट्रिय तथा अन्तराष्ट्रिय संघसंस्थाहरु, सामुदायिक क्षेत्र, सूचना तथा सञ्चार क्षेत्र तथा नागरिक समाजबाट विभिन्न किसिमका पहलहरु भइरहेका छन् " भनिएको छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार