अब सरकारी प्रयोगशालामा पनि ५०% सम्मलाई सशुल्क पिसिआर परीक्षण।



प्रकाशित: भदौ २१, आइतबार,काठमाडौँ ।
अब सरकारद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालय मातहतमा रहेको पिसिआर परीक्षणको लागि सरकारी प्रयोगशालाले परीक्षण क्षमताको ५० % लाई शुल्क लिएर परीक्षण गर्न पाउने भएका छन्।

कोरोना भाइरस संक्रमण को दर बढ्दै गए पछि परीक्षणको दायरा बढाउनको लागि निजी प्रयोगशाला हरुलाई पनि पिसिआर परीक्षण अनुमति दिइएको थियो जसमा शुल्क लिएर निजी प्रयोगशाला हरुले परीक्षण गर्दै आइरहेका थिए ।

निजी प्रयोगशाला हुनुले जनही रू५५०० लिएर पिसिआर परीक्षण गरिरहेका छन् ।

तर ,‌ अब सरकारी प्रयोगशालामा पनि प्रयोगशालाको कुल क्षमताको आदि परीक्षण शुल्क लिएर गर्ने भएको छ ।

सरकारी प्रयोगशालाले मापदण्डमा नपरेका व्यक्तिहरूको सशुल्क परीक्षण गर्न पाउने गरी निर्णय गरिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

अहिले पिसिआर परीक्षण गर्ने ४८ वटा प्रयोगशालाहरू छन् जसमा ४० वटा सरकारी मातहतका छन् भने ८ वटा निजी प्रयोगशालाहरू छन् । यसअघि सरकारी प्रयोगशाला हरुले २५% परीक्षण सशुल्क गर्न आउने भनिएको थियो भने अब यदि प्रयोगशालाको क्षमता एक सय छ भने २५ जनालाई शुल्क लिएर परीक्षण गर्न पाउनेछन् ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार