आज विश्वकर्मा पुजा, यस्तो छ साइत र मंत्र ।



प्रकाशित: अशोज १, बिहिबार ।
हरेक वर्ष कन्या संक्रान्ति को दिन विश्वकर्मा पूजा हुने गर्दछ । यस दिन सबैभन्दा पहिलो आविस्कारक अथवा इन्जिनियर मानिने भगवान विश्वकर्माको जन्म भएको थियो त्यसकारण यस दिनलाई विश्वकर्मा जयन्तीको रुपमा पनि मानिन्छ । आज असोज १ गते विभिन्न विधि अपनाई विश्वकर्माको पूजा नेपालमा गरिँदैछ। हिन्दु धार्मिक मान्यता अनुसार भगवान् विश्वकर्मा निर्माण र सृजनाका देवता हुन । त्यसैले भगवान विश्वकर्माको पूजा को दिन उद्योग, व्यवसाय, अफिस र फ्याक्ट्री हरुमा भएका सम्पूर्ण मेसिन हरूको पूजा गरिने गरिन्छ ।

आज सात बजे पश्चात विश्वकर्माको पूजा को लागि उत्तम साहित मानिएको छ । विश्वकर्मा जयन्तीका दिन बिहान सबेरै उठेर स्नान गरी तयार भइन्छ । त्यसपश्चात भगवान विश्वकर्माको फोटो या मूर्ति स्थापना गरेर फूलमाला, सुगन्धित धूप, फलफुल, प्रसाद, बाती, अक्षता आदि प्रयोग गरेर विश्वकर्माको पूजा गर्ने गरिन्छ ।

स्वर्गका राजा इन्द्र देवको अस्त्र बज्र को निर्माण पनि विश्वकर्मा बाबा ले नै गर्नुभएको थियो भन्ने धार्मिक मान्यता छ । संसारको सृष्टि गर्दा विश्वकर्मा बाबा ले नै ब्रह्माजीको सहायता गरेर संसारको रूपरेखा र नक्सा तयार गर्नुभएको थियो । त्यस्तै माता पार्वती को आदेश अनुसार विश्वकर्मा बाबाले सुनको लंका को निर्माण भने गर्नुभएको थियो । 

द्वापरयुगमा श्रीकृष्णको आदेशअनुसार विश्वकर्माले द्वारका नगरीको पनि निर्माण गर्नुभएको थियो । देव हरूका देव महादेवको त्रिशूल पनि विश्वकर्माले नै बनाउनु भएको थियो भन्ने धार्मिक मान्यता रहिआएको छ । भगवान विश्वकर्मालाई शिवजीको अवतारको रुपमा पनि मानिन्छ ।


यस दिनको मन्त्र:
ओम पृथिव्यै नमः ओम अनंतम नमः ओम कूमयि नमः ओम श्री सृष्टतनया सर्वसिद्धया विश्वकर्माया नमो नमः

विश्वकर्मा पूजा कै दिन ब्रह्माजीको सातौं धर्मपुत्रको रुपमा विश्वकर्मा बाबा ले जन्म लिनुभएको थियो । भगवान विश्वकर्मालाई देवताहरुका शिल्पकार, वास्तु शास्त्र का देवता, प्रथम इन्जिनियर, यन्त्रहरु का देवता मानिन्छ । 

हरेक किसिमका यान्त्रिक उपकरणहरु जडान भएका सम्पूर्ण व्यवसाय उद्योगहरुमा आज विधानका साथ विश्वकर्मा पूजा गरिन्छ । विश्वकर्मा बाबालाई खुसी पार्न सके यान्त्रिक उपकरण हरु नबिग्रिने र मेसिन हरुले दुःख नदिने धार्मिक मान्यता रहेको छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार