" दुईचार केजी तिम्रो राहतले के गर्‍यो र सरकार ? " - मनिष पोखरेल



प्रकाशित: भाद्र २८, आईतबार, विराटनगर ।
संन्त्रास फैलायो कोरोनाको महामारीले यहाँ
लिनु सम्म दाम लियो चामल, तरकारीले यहाँ।

लुच्चा लफङ्गा अनि फटाहाले राज गर्ने ठाउँमा
स्थान पाउँदैनन् कुनै असल, इमान्दारीले यहाँ।

खानलाई घरबार बेच्न बाध्य छ मज्दुर आज
महल ठड्याए मास्क, पञ्जा व्यापारीले यहाँ।

दुईचार केजी तिम्रो राहतले के गर्‍यो र सरकार
खानसम्म नपुग्ला बेच्दासमेत घरबारीले यहाँ।


संन्त्रास फैलायो कोरोनाको महामारीले यहाँ
खानसम्म नपुग्ला बेच्दासमेत घरबारीले यहाँ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार