उपत्यकाको जारी निषेधाज्ञा खुकुलो, सार्वजनिक यातायात पनि सुचारु ।


प्रकाशित: भदौ २५, बिहीबार, काठमाडौँ ।
गतः भदौ ३ देखि काठमाडौँ उपत्यकामा जारी गरिएको निषेधाज्ञा आज भदौ २५ बाट खुकुलो बनाइएको छ ।

कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि तत्काल समुदायमा फैलिन नदिन कडाईको साथ निषेधाज्ञा गरिएको थियो । भदौ ४ गतेदेखि दुई हप्तासम्म अत्यावश्यक बाहेग बन्द गरिएको थियो भने भदौ १७ गतेदेखि २४ गतेसम्म टेक अवे, होम डेलिभरी र निर्माण सामग्रीका पसल पनि सञ्चालन गर्न दिइएको थियो । निषेधाज्ञाले जनजीवन निकै कष्टकर बन्दै गएको बेला कमाइ खाने वर्ग भोकभोकै पर्ने स्थिति आएको भन्दै विरोध हुँदै आएको थियो ।

यी कुराहरू लाई मध्यनजर गर्दै ,अब सर्वसाधारण आफैं पनि सचेत हुनुपर्छ, सामाजिक दूरी कायम गर्ने, गराउने विषय सबैको दायित्व हो भन्दै परिस्थितिको मूल्यांकन गरेर निषेधाज्ञालाई खुकुलो बनाइएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए।

निषेधाज्ञा थप गरिएसँगै काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीले पसल र सवारी साधन पनि सञ्चालन गर्ने गरी निषेधाज्ञाको आदेश जारी गरेका हुन् । निजी सवारी साधन सबै र १६ सिट भन्दा बढी क्षमताका सार्वजनिक सवारी साधन अब जोर विजोर प्रणालीमा सञ्चालन गर्न पाउनेछन् भने सार्वजनिक सवारी साधनमा एक लहरमा एक जना गरी कुल सिट संख्याको आधामा मात्र बस्न पाइनेछ ।

सूचना :




.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार