यस्तो छ पाठ्यवस्तु समायोजन ढाँचा, २०७७ |



प्रकाशित: अशोज ३, शनिबार, बिराटनगर ।
कोभिड १९ को संक्रमणका कारण विद्यालयमा प्रत्यक्ष साक्षत्कार कक्षा हुन नसकी सिकाइ प्रणाली अवरुद्ध रहेको साथै यसको प्रभावलामो समयसम्म रहन सक्ने अवस्थामा सिकाइ प्रणालीलाई सुचारु राख्न, विद्यार्थीको शैक्षिक वर्षको क्षतिहुननदिन र वैकल्पिकउपायको अवलम्बन गर्न विद्यार्थीमा पाठ्यक्रमले तोकेका न्यूनतम सिकाइ उपलब्धिहरू हासिल हुने गरी विद्यालय जाने उमेरका बालबालिकालाई आफ्नो परिवेश अनुकूल सिक्ने वातावरण सिर्जना गर्नु आवश्यक देखिएको अवस्थामा राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्ले हालै स्वीकृत गरेको कक्षा १ देखि १२ सम्मको पाठ्यवस्तु समायोजन ढाँचा सार्वजनिक गरेको छ । 

प्रत्यक्ष कक्षा सञ्चालन हुन सक्ने अवस्था हुँदा त था नहुँदा समेत शैक्षिक वर्ष २०७७ को बाँकी अवधिमा निर्धारित पाठ्यक्रमका पाठ्यवस्तुलाई समायोजन गरेर मात्र सिकाइ उपलब्धि सुनिश्चित गर्न सकिने अवस्था देखिएको छ । यस अवस्थामा दूर तथा खुला शिक्षा लगायतका प्रणालीलाई सिकाइ सहजीकरणको मूल प्रणालीका रूपमा लागु गरी नियमित विद्यालय सञ्चालन हुन सक्ने अवस्थामा समेत यस प्रणालीलाई पूरक वा समानान्तर प्रणालीका रूपमा प्रयोग गर्न समेत मौजुदा पाठ्यक्रमका पाठ्यवस्तुलाई समायोजन गर्नुपर्ने आवश्यकता देखिएकोले राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्ले पाठ्यवस्तु समायोजन ढाँचा सार्वजनिक गरेको हो । यस परिदृश्यमा राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को मिति २०७७ /५/११ को निर्णय तथाविद्यार्थी सिकाइ सहजीकरण निर्देशिका, २०७७ को दफा १० अनुसार पाठ्यवस्तु समायोजन ढाँचा, २०७७ विकास गरिएको छ ।

लकडाउनका कारण शैक्षिकगतिविधि ठप्प भएकोे ५ महिनापछि सरकारले वैकल्पिक व्यवस्थाबाट विद्यार्थीको पठनपाठन सुचारु गराउन निर्देशिका ल्याइएको छ । 

विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका, २०७७ नाम दिइएको उक्त निर्देशिका अनुसार असोज १ गतेबाट विद्यार्थीको सिकाइ सहजीकरण गर्ने, गराउने व्यवस्थाका लागि संघ, प्रदेश र स्थानीय तहका सबै निकायलाई शिक्षा मन्त्रालयले अनुरोध गरेको छ।


कोरोना महामारी अन्त्य भएर विद्यालय खुली नियमित पठनपाठनको सहज अवस्था सिर्जना नहुञ्जेल खुला तथा दूर शिक्षालगायत वैकल्पिक शिक्षा प्रणालीबाट सिकाइ सहजीकरण गर्न निर्देशिका ल्याइएको मन्त्रालयले जनाएको छ। विद्यालय खोल्नेबारे हालसम्म कुनै निर्णय नभएको मन्त्रालयले प्रष्ट पारी सकेको छ ।

‘विद्यालय खुला गरी पठनपाठन सञ्चालन गर्ने सम्बन्धमा हालसम्म कुनै निर्णय नभएको व्यहोरा अनुरोध गर्दै कोरोना महामारीको अवस्था र परिस्थिति हेरी सरकार, मन्त्रिपरिषदबाट प्राप्तहुने निर्देशनअनुसार पछि जानकारी गराइन्छ,’ मन्त्रालयले भनेको छ ।

मन्त्रालयले जारी गरेको निर्देशिका सामुदायिक, संस्थागत, सार्वजनिक, निजी शैक्षिक गुठीद्वारा सञ्चालन गरिएका विद्यालयले पालना गर्नुपर्नेछ। निर्देशिकामा तीनै तहका सरकार, सञ्चार माध्यम, विद्यार्थी, शिक्षक लगायतका भूमिका उल्लेख गरिएको छ ।

पाठ्यवस्तु समायोजन ढाँचा, २०७७ डाउनलोड गर्नुहोस्: 
पाठ्यवस्तु समायाेजन ढाँचा (कक्षा १, २, र ३).pdf
पाठ्यवस्तु समायाेजन ढाँचा (कक्षा ४ र ५).pdf
पाठ्यवस्तु समायाेजन ढाँचा (कक्षा ६, ७ र ८).pdf
पाठ्यवस्तु समायाेजन ढाँचा (कक्षा ९ र १०).pdf

राष्ट्रिय टाइम्सका लागि शिक्षा पृष्ठ संयोजक सन्तोष पोखरेलले तयार पानुभएको खबर ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार