उद्योग व्यापार संगठन रुपन्देहीले अब गरिने निषेधाज्ञा र लकडाउन अवज्ञा गर्ने चेतावनी |


प्रकाशित: भदौ १७, बुधबार, रुपन्देही ।
उद्योग व्यापार संगठन रुपन्देहीले एक विज्ञप्ती निकाली अब गरिने निषेधाज्ञा र लकडाउन अवज्ञा गर्ने चेतावनी दिएको छ । लक डाउन र निषेधाज्ञा थपिरहँदा व्यवसाय पूर्णरुपमा बन्द गर्नुपर्ने अवस्थामा पुगेको छ । सरकारले उद्योगी व्यवसायीहरुलाई कुनै पनि किसिमका छुट या सब्सिडी नदिएको गुनासो उनीहरुले गरेका छन् । 

यसका साथै सरकारले करमा पनि छुट नदिएका कारणले अब गरिने निषेधाज्ञा अवज्ञा गरिने सङ्गठनका अध्यक्ष नारायणप्रसाद भण्डारी ले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

विज्ञप्तिमा उल्लेख गरिएको छ, " यस्तो निरन्तर हुने लकडाउनले उद्योग व्यवसायीहरुले ब्याङ्कको ऋण, ब्याज र किस्ता तिर्न नसक्ने, घर बाहाल, विद्युत, खानेपानी, टेलिफोन आदि न्यूनतम बिलहरुको भुक्तानी गर्न नसक्ने, उद्योगीहरुले कच्चापदार्थ र तयारी वस्तु ओसारपसारमा समस्या भएको, कर्मचारी, लेबर मिस्त्री, प्राविधिक आदिको व्यवस्थापनमा समस्या भएको, पसलहरुमा रहेको सामान सड्ने बिग्रने म्याद समाप्त हुने आदि भएको , …….. कारणले गर्दा निरन्तर रुपमा निषेधाज्ञा तोड्न नहुने हाम्रो उद्योग व्यापार संगठन रुपन्देहीको माग रहेको छ । "

उद्योग व्यापार संगठन रुपन्देहीको विज्ञप्ति :

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार