२ सय ८९ जना कैदीको सजाय मिनाहा गर्न संविधान दिवस–२०७७ को अवसरमा सरकारद्वारा सिफारिस ।



प्रकाशित: असोज ३, शनिबार, काठमाडौँ ।
देशभरका कारागारमा रहेकामध्ये ५० प्रतिशत सजाय भुक्तान गरिसकेका, असल चालचलन भएका र नेगेटिभ अपराधको सूचीमा नपरेका २ सय ८९ जना कैदीको बाँकी सजाय मिनाहा गर्न संविधान दिवस–२०७७ को अवसर सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।

हरेक वर्ष संविधान दिवस, प्रजातन्त्र दिवस, गणतन्त्र दिवस अवसर पारेर मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट कैदीलाई सजाय मिनाहा गर्न सकिने प्रावधान छ भने आज असोज ३ गते संविधान दिवसको दिन मन्त्रिपरिषदबाट २ सय ८९ जना कैदीको सजाय मिनाहा गर्न राष्ट्रपतिसमक्ष सिफारिस भएको हो ।

डिल्लीबजार कारागारमा कैद भुक्तान गरिरहेका प्रतिनिधि सभाका लागि कैलाली क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित सांसद रेशम चौधरीको सजाय माफी दिन जनता समाजवादी पार्टी (जसपा)ले लिखित आग्रहलाई उहाँको हकमा अहिले सजाय माफी मिनाहा गर्न सकिँदैन, कानुनले मिल्दैन भनी सरकारले अस्वीकार गरेको गृह मन्त्रालयका एक स्रोतले जानकारी दिए। रेशम चौधरी व्यक्ति हत्या र आगजनीको कसुरमा अदालतबाट दोषी ठहर भई डिल्लीबजार कारागारमा कैद भुक्तान गरिरहेका छन् ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार