प्रकाशित:भाद्र १८, बिहिबार, विराटनगर ।
"मेरो देशमा"
आज मेरो देशमा
पापीहरु जन्मिए साधुको भेषमा -२
कर्मवीरहरु रापिँदै छन् खाडीको रेतमा
मिथ्यावादी ज्ञानीहरु राजनीतिको रेसमा
उम्रीएछ्न अघोरीहरु वरिपरि च्याउ सरी
सप्रीएछ्न परजीवीहरु पोषण पाई मनपरी ।
आज मेरो देशमा
लोभीहरु जन्मिए दानीको भेषमा ...
चेलीहरु असुरक्षित छन् घर परिवेशमा
हिमालहरु पग्लिदैँ छन् आँसुका वेगमा
जननी मेरी धर्ती आमा पीडा र वियोगमा
रोहिरन्छिन् रातदिन छ्टपटिदैँ शोकमा ।
आज मेरो देशमा
दुष्टहरु जन्मिए उदारवादीको भेषमा ...
स्वतन्त्र भनाउँदा यी रङ्कहरुको ताल हेर
कठपुतली भइ बोकी हिड्छ्न् हातमा मसाल हेर
नारा र जुलुसले गुञ्जायमान आकाश भयो
क्रान्ति र आन्दोलन हरेक दिन समाचार भयो
सहिदका सहादतहरु मृत शैय्यामा लाश भए
दरिद्रका रक्तपानले पिसाचहरु स्याबास् भए।
आज मेरो देशमा
द्रोहीहरु जन्मिए देश भक्तको भेषमा ...
पतित हुने भए सीता र बुद्ध पनि
आउँदो इतिहासको पानामा
झुकाउने भए सगरमाथा पनि
विशिष्ट भनाउँदाहरुले माटामा
मेरो सगरमाथा झुकाउने भए
विशिष्ट भनाउँदाहरुले माटामा ।
दिपेश कुमार भगत
(लेखक मेरिल्याण्ड कलेजका संयोजक हुनुहुन्छ । )
Post a comment
आफ्नो प्रतिक्रिया दिनुहोस् :