पोल ढुवानी गर्न हेलिकप्टरको प्रयोग, ५० वटा पोल १० लाख रुपैयाँ भाडा ।



प्रकाशित: भदौ १०, शनिबार, हुम्ला ।
साना जलविद्युत् आयोजनाको लाइन विस्तार आयोजनामा खार्पुनाथ गाउँपालिका–३, रायामा लाइन बिस्तार गर्न आयोजनाले पोल ढुवानी गर्न हेलिकप्टरको प्रयोग गरेको छ ।

सदरमुकाम सिमकोटबाट गाडीमा ढुवानी गरी खार्पुनाथ गाउँपालिकाको दोभानमा पुर्‍याइएको पोलहरु दोभानदेखि रायासम्म ओसार्न आयोजनाले ५० वटा पोललाई १० लाख रुपैयाँ भाडा तिरी हेलिकप्टरमार्फत ढुवानी गरेको छ।

दोभानबाट रायागाउँको ३ घन्टाको पैदल दूरीमा पोल ओसार्न हेलिकप्टरलाई ७ मिनेट लागेको उपभोक्ता समिति अध्यक्ष टेकबहादुर वुढाले बताए ।

तर, हेलिकप्टर प्रयोग गर्दा हाम्रो मजदुरी खोसियो भिन्दै हेलिकप्टरबाट पोल ढुवानी गरिएकोप्रति स्थानीय युवाले बिरोध जनाएका छन् । 


कोरोना महामारीका कारण विकास निर्माणका काम नहुँदा अधिकांश युवा बेरोजगार बनेको बेला उपभोक्ता समितिले विकासको नाममा चरम लापरबाही र बजेटको दुरुपयोग गरेको युवाहरुले आरोप लगाए ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार