वामदेव गौतमले लिए सपथ।


प्रकाशित: असोज १, बिहिबार, काठमाडौँ ।
सत्तारूढ नपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमले राष्ट्रियसभा सदस्यमा मनोनीत भई पद तथा गोपनियताको सपथ लिएका छन् । 

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिस र सरकारको अनुरोध का कारण गौतमलाई बिहीबार राष्ट्रियसभा सदस्य मनोनित गर्नुभएको थियो ।

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले वामदेव गौतमलाई पद तथा गोपनियताको सपथ आज अपराह्न खुवाएका छन् ।

सपथ पश्चात सञ्चारकर्मीहरुसँग कुरा गर्दै गौतमले पार्टी नेतृत्व, सरकार र राष्ट्रपतिप्रति आभार व्यक्त गरे । राष्ट्रियसभाको गरिमा बढाउन नियमावली अनुसार काम गर्ने भन्दै उनले भने, ‘राष्ट्रियसभाको गरिमा र प्रतिष्ठा गिराउने काम गर्ने छैन ।’

समाजवादमा जाने संकल्प पूरा भूमिका निर्वाह गर्नेबाहेक उनको अर्को स्वार्थ नभएको समेत उनले बताए ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार