राष्ट्रिय युवा संघ नेपाल बिराटनगर : कोरोना संक्रमितको घरघरमा सेनीटाइज गर्दै





प्रकाशित: भदौ १७,बुधबार,विराटनगर। 

राष्ट्रिय युवासंघ नेपाल विराटनगरले बुधबार पनि कोरोना संक्रमितहरुको घर तथा वरिपरि सेनीटाइज गर्ने काम सम्पन्न गरेको छ। 



राष्ट्रिय युवासंघ नेपाल विराटनगर कमिटीले विराटनगर तथा आसपासका क्षेत्रमा रहेका संक्रमितहरुको घर तथा वरिपरि सेनीटाइज गरेको छ। यस महामारीलाई थप नियन्त्रण गर्ने कोशिसमा हामीले यो अभियान सुरु गरेका हौँ र यस कार्यलाई हामी थप सशक्त तरिकाले अगाडी बढाउने भन्दै राष्ट्रिय युवासंघ नेपाल विराटनगर कमिटिका अध्यक्ष सुशील रिजालले राष्ट्रिय टाईम्सलाई जानकारी दिए । अभियानमा रष्ट्रिय युवा संघ नेपाल मोरङ्ग जिल्ला कमिटी सदस्य प्रतीक ढकाल , रेशम थापा मगर , राष्ट्रिय युवा संघ नेपाल बिराटनगर माहानगर कमिटी सदस्य उदय यादव , नेकपा माहानगर कमिटी सदस्य महिला नेतृ सन्तोषी श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो। 



यसअघि पनि राष्ट्रिय युवासंघ नेपाल विराटनगरले महिनौसम्म राहत वितरणको कार्य संचालन गरेको थियो।


.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार