आक्रमणको जोखिम भन्दै, डा. केसीले अब काठमाडौंमै पुगेर सत्याग्रह जारी राख्ने |


govinda kc

प्रकाशित: अशोज ५, सोमबार ।
१९ औँ अनशन सुरु गरेका डा गोविन्द केसी जुम्लामा सत्याग्रह सुरू गरेको आठौं दिनमा काठमाडौ फर्किने भएका छन् । तर उनको सत्याग्रह भने कायमै रहनेछ। डाक्टर केसीले अब काठमाडौंमै पुगेर सत्याग्रह जारी राख्ने बताएका छन् ।

दुई वर्ष अघि जुम्लामा सत्याग्रह का क्रममा तोडफोड भएको कुरा सम्झदै फेरि त्यसै किसिमको संकेत देखिने भएकाले आफू काठमाडौ नै फर्केर सत्याग्रह जारी राख्ने बताएका हुन् । 

डाक्टर केसीले सोमबार जारी गर्नुभएको विज्ञप्तिमा " दुई वर्षअगाडि हामी सत्याग्रहमा रहेकै कारणले गर्नाले स्वास्थ्य विज्ञान प्रतिष्ठानको अस्पतालमा जसरी राज्यले आतंक फैलाउँदै हिंसा र तोडफोड गर्यो, अहिले पनि केन्द्रदेखि प्रदेश सरकार सम्म कुनै पात्रहरु पदमा छन् । त्यसैले फेरि त्यसै खालको हिंसा र आक्रमण नहोस भनेर हामीले जुम्रा देखे काठमाडौंसम्म यात्रा गरेर त्यहीँबाट सत्याग्रह जारी राख्ने निर्णय गरेका छौं। " भनिएको छ ।

जुम्लामा सत्याग्रहका क्रममा आफ्नो साथमा रहने, सहयोग गर्ने, र सुवेक्षा राख्ने सबैमा धन्यवाद ज्ञापन गर्दै सम्पूर्ण मागहरु पुरा गराएर मात्रै हुने बताएका छन् । डाक्टर केसीले यसपटक पहिलेका सहमतिका कार्यान्वयन हुनुपर्ने, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएस पढाइ तत्काल सुचारु गर्नुपर्ने लगायतका मागहरु राखेका छन् । 

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार