असोज ५ बाट शतप्रतिशत यात्रु क्षमता सहित आन्तरिक उडान सुचारू ।



प्रकाशित: असोज ३, शनिबार, काठमाडौँ ।
सिट क्षमताको ५० प्रतिशतमात्रै यात्रु उडाउने नियमबाट मन्त्रालय पछि हटेसंगै अब आन्तरिक उडान गर्ने वायुसेवाले सोमबारदेखि जहाजको यात्रु क्षमताअनुसार पुरै सिटमा यात्रु बोकेर उडान गर्न पाउने भएका छन् ।

असोज १ गतेबाट सिट क्षमताको ५० प्रतिशतमात्रै यात्रु राखेर उड्नुपर्ने नियम’ सहित आन्तरिक उडान सञ्चालन गर्न दिने सरकारको निर्णयप्रति आपत्ति जनाउदै आन्तरिक वायुसेवा संचालक संघमा आबद्ध निजी वायुसेवाले ५० प्रतिशतमात्रै यात्रु राखेर उडान् नगर्ने अडानमा थिए । उनीहरुले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईसहित सचिव केदारबहादुर अधिकारी र उड्डयन प्राधिकरणलाई पत्र पठाई उडान नगर्ने निर्णय गरेका थिए ।

मन्त्रालयले शुक्रबार यसबारे पून: निर्णय गर्दै नागरिक उड्डयन प्राधिकरणलाई पत्र पठाएको छ जसअनुसार अब आन्तरिक उडान गर्ने वायुसेवाले सोमबारदेखि जहाजको यात्रु क्षमताअनुसार पुरै सिट भर्न पाउने भएका छन् ।तर, वायुसेवाहरुले अहिले सबै सेक्टरमा लकडाउनअघि जस्तो उडान गर्न पाउने छैनन् । मन्त्रालयले प्राधिकरणलाई लकडाउनअघिको बजार हिस्साका आधारमा वायुसेवाहरुलाई २५ प्रतिशत उडान हुने गरी उडान तालिका स्वीकृत गर्न निर्देशन दिएको छ ।

मन्त्रालयले आन्तरिक उडानको माग र औचित्य हेरि अक्टोबर १ (असोज १५ गते) तारिखपछि उडान तालिका थप गर्न निर्देशन दिएको छ भने यात्रा गर्ने यात्रुले आफू स्वस्थ रहेको हेल्थ डिक्लेरेसन फाराम अनिवार्य भर्नु पर्ने छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार