जनकपुर आइपुग्यो नेपाली रेल: परीक्षण पश्चात पुनः जयनगर पुर्याइने ।



प्रकाशित: असोज २, शुक्रवार, जनकपुर ।
जनकपुर जयनगर रुटमा सञ्चालन हुने रेल बिहीबार साँझनै भारतको जयनगरमा आइपुगे पनि आज दिउँसो पौने दुई बजे रेल जनकपुरधाम आइपुगेको छ। नयाँ रेल तथा नयाँ रेलका संरचना भएकाले प्राविधिक परीक्षणका लागि जनकपुरधाम आएको नेपाल रेल विभागका सिनियर डिभिजनल इन्जिनियर देवेन्द्रप्रसाद साहले बताए भने रेल विभागका अनुसार शुक्रबार जनकपुरधाम ल्याइएका दवै सेट रेल परीक्षण गरेर पुनः जयनगरस्थित आफ्नै स्टेशनमा पुर्‍याएर सुरक्षित साथ राखिने भएको छ ।

भारतको सरकारी कम्पनी कोंकन रेल्वे कर्पोरेसनसँग रेल विभागले २०१९को मे महिनामा ८४ करोड ६५ लाख रुपैयाँमा खरिद गरेको उक्त २ सेट रेलमा प्रति सेट एक इञ्जिन र चारवटा बोगी रहेको छ जसमा एक सेट रेलमा १ वटा वातानुकूलित डब्बा तथा तीन तीन वटा सामान्य डब्बा रहेका छन् ।


विभागका अधिकारीहरूको विषेश उपस्थिति तथा धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई, महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवाल, नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले रेल तथा भारतीय चालक दललाई स्वागत गरेका थिए ।

नेपालको झण्डासहित रेल जनकपुरधाम आएपछि रेल हेर्नका लागि रेल्वे स्टेशनमा हजारौं व्यक्ति कोरोनालाई वेवास्ता गर्दै भेला भएका थिए ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार