विराटनगर विमानस्थलबाट सुरु भयो उडान सेवा ।



प्रकाशित: अशोज ५, सोमबार , विराटनगर । 
नेपालको आन्तरिक हवाई उडान सेवा झन्डै ६ महिना पश्चात सञ्चालनमा आएको छ। यसको उत्साहको ट्राभल एशोसियसनका पदाधिकारीहरुमा राम्रै देखिएको छ। करिब ६ महिना (५ महिना २५ दिन) पश्चात विराटनगर विमानस्थलबाट आन्तरिक हवाई सेवा आज सोमबारबाट सुरु भएको छ। 

चैत्र ११ गतेबाट नेपाल सरकारले गरेको लक डाउन संगै सुनसान भनेको विराटनगर विमानस्थल सम्भार बाट निकै भीड देखिन्छ । शुक्रबारदेखि टिकट बुकिङ खुला गरिएकोमा यात्रुहरुले उत्साहजनक टिकट बुकिङ गरेका छन् । 

विमान कम्पनीहरुले संक्रमण फैलिन नदिन र यात्रुहरुमा कोराना संक्रमणको जोखिम हुन नदिन पर्याप्त सुरक्षा प्रबन्ध र स्वास्थ्य मापदण्डहरु अपनाएको जनाएका छन् । 

विमान प्रवेश गर्नुपूर्व यात्रुहरुले निम्न किसिमका नियमहरु पालना गर्नुपर्नेछ: 

१. मास्क र पन्जा अनिवार्य लगाउनु पर्ने ।
२. यात्रुहरुले हातमा सानो ब्यागहरुमात्र लैजान पाउने ।
३. मासुजन्य पदार्थ र जिवजन्तुको ओसारपसार बन्द गरिएको।
४. ज्वरो १००.४ फरेन्हाइट , सुख्खा खोकी र थकान जस्ता लक्षण देखिएका ब्यक्तिलाई बिमानस्थल तथा बिमानमा प्रबेश नगराइने ।

यात्रु लगायत अन्य ब्यक्तिहरूले विमानस्थल हाताभित्र पालना गर्नुपर्ने नियमहरु यसप्रकार राखिएको छ:

१. यात्रुलाई लिन तथा लैजान आउने सवारी साधनहरु गेट बाहिर राख्नु पर्ने ।
२. Passenger Locator Card (PLC) भएका यात्रुलाइ मात्र बिमानस्थल भित्र प्रबेश अनुमती दिइनेछ। Plc मा भएको विवरण यात्रु स्वयंले घरबाटै भरेर ल्याउनु पर्ने।
३. बिमानस्थलहाता भित्र छिर्नुपूर्व यात्रुको ज्वरो नाप्ने तथा ब्यागेज निर्मलिकरण गरिने।
४. बिमानस्थल हाता भित्र भौतिकरसामाजीक दुरि अनिवार्यरुपमा कायम गर्नु पर्ने।
५. टर्मिनल हल प्रबेश गर्नु अगाडि हात धोएको हुनु पर्नेछ। हात धुन सम्भव नभएमा अनिवार्य रुपमा स्यानिटाइज गर्नु पर्ने।
६. वायुसेवा काउन्टरमा चेकईन गरेर बोर्डिङ्ग पास लिइसकेपछि भौतिक दुरि कायम राखी बिमानस्थल प्रशासनले तोके अनुसारको कुर्सिमा मात्र बस्नु पर्ने।
७. सुरक्षा जाँचको लागि एक-एक जना गरी¸ तोकिएको संकेत पालना गर्दै जानु पर्ने।
८. बिमानमा प्रबेश गर्नु अगाडि यात्रुहरु भौतिकरसामाजीक दुरि कायम हुनेगरि तोकिएको घेरामा लामबद्ध हुनुपर्ने।
९. यात्रा अबधीभर आफुलाइ चाहिने पानी , स्यानिटाइजर तथा जगेडा मास्कहरु यात्रु आफैले बोक्नु पर्ने।

त्यस्तै आगन्तुक यात्रुहरूको हकमा निम्न किसिमका नियमहरु राखिएको छ: 

१. बिमानबाट ओर्लिएपछी भौतिक दुरि कायम गरि साबुनपानीले हात धोएर लगेज तथा सामान लिनलाइ लाइनमा लाग्नु पर्ने।
२. आफ्नो लगेज तथा सामान वायुसेवाको कर्मचारिलाइ ट्याग देखाइ आफैले लैजानु पर्ने।
३. ब्यागेज तथा सामान लिइसकेपछि अनिवार्य रुपमा हात स्यानिटाइज गर्नु पर्ने।
४. आगन्तुक यात्रुहरुलाइ लिन आउने सवारी साधनहरु बिमानस्थलको बाहिरी गेटमानै रोकिने हुदाँ अनावश्यक भिडभाड नगरी सामाजीकरभौतिक दुरी कायम गर्दै सवारीसाधनको प्रयोग गर्नु पर्ने।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार