रुपन्देहीमा एक साताका लागि निषेधाज्ञा थप |



प्रकाशित: भाद्र: २९, सोमबार , बुटवल ।
रुपन्देहीमा एक साताका लागि निषेधाज्ञा थप गरिएको छ । जिल्ला कोविड-१९ संकट व्यवस्थापन केन्द्रको बैठकको सिफारिस र जिल्ला सुरक्षा समितिको बैठकको निर्णय अनुसार जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा लाइ असोज ४ गते सम्मका लागि थप गरेको हो ।

यसअघि भदौ २८ गते सम्मका लागि निषेधाज्ञा जारी गरिएको थियो । यसपटकको निषेधाज्ञा मा निजि सवारी साधनहरुमा जोर बिजोर प्रणाली लागू गरिएको छ । यस आधारमा सवारीसाधनहरु चलाउँदा जोर गते जोर नम्बरका र बिजोर गते बिजोर नम्बरका सवारी साधनहरु चलाउन पाइनेछ । 

साथै होटलहरुले टेक-अवे सेवा दिने गरी सञ्चालन गर्न पाउनेछन् । त्यस्तै बैंक तथा सहकारी संस्थाहरु र सरकारी कार्यालयहरु भिडभाड नगरी स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरे सञ्चालन गर्न पाउने सुचनामा उल्लेख गरिएको छ । तर शैक्षिक संस्थालगायत अन्य शैक्षिक क्रियाकलाप हुने संस्थाहरु भने संचालन गर्नका लागि निषेध गरिएको छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार