नेपाली अनुसन्धानकर्ता सम्मिलित समूहले पत्ता लगायो पृथ्वी आकारको अर्को ग्रह ।


Planet like earth

प्रकाशित: असोज ११, आइतबार, काठमाडौँ ।
अमेरिकाको मासाच्युसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी) मा प्लानेटरी साइन्समा पीएचडी गर्दै गरेका २८ वर्षीय नेपाली अनुसन्धानकर्ता प्रज्वल निरौला सम्मिलित समूहले पृथ्वी आकारको नयाँ ग्रह पत्ता लगाएको छ।

समूहमा मुख्य भूमिका खेलेका काठमाडौं मैतीदेवीका निरौला सहित सौर्यमण्डल बाहिरको ग्रहको अध्ययन गर्न अमेरिका, बेलायत, बेल्जियम र स्विट्जरल्यान्ड लगायत मुलुकका २८ जना अनुसन्धानकर्ताहरूको टोली खटिएका थिए भने उक्त ग्रहसम्बन्धी अनुसन्धानात्मक आलेख एस्ट्रोनोमिकल जर्नलमा सेप्टेम्बर २१ मा प्रकाशित भएको थियो।

नयाँ ग्रहको खोज र सौर्यमण्डल बाहिरका ग्रहहरूको वायुमण्डल र विशेषताहरूको अध्ययन गर्दै आएका निरौलाको अनुसार यो ग्रह स्पेकुलोस टेलिस्कोपको मद्दतबाट पत्ता लागेको हो । नासाले समेत मान्यता दिएको यस ग्रहको नाम ‘के२–३१५ नामक ताराको वरिपरि घुम्ने भएकाले के२–३१५–बी’ राखिएको छ । निरौलाका अनुसार पृथ्वीबाट १ सय ८५ प्रकाश वर्ष टाढा रहेको यो ग्रहले ८१ किलोमिटर प्रतिसेकेन्डको गतिले आफ्नो तारालाई प्रत्येक ३ दशमलव १४ दिनमा परिक्रमा गर्छ ।गणितमा पाईको मान ३.१४ हुने भएकाले यो ग्रहलाई पाई ग्रह पनि भनिएको छ ।

अनुसन्धानले यो ग्रहको सतही तापक्रम १८५ डिग्री सेल्सियस रहेकाले यसमा जीवनको सम्भावना नरहेको उनले बताएका छन्।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार