जनकपुर-जयनगर रूटमा सञ्चालन हुने २ रेल नेपाल भित्रिदै ।


प्रकाशित: असोज २, शुक्रवार, जनकपुर । 
जनकपुर जयनगर रुटमा सञ्चालन हुने दुई वटा रेल आज शुक्रबार नेपाल भित्रिदै छन् । बिहीबार राति जयनगर आइपुग्ने रेल आज मध्यान्हसम्म नेपाल आइपुग्ने, रेल विभागका माहानिर्देशक बलराम मिश्रले बताएका छन् ।

भारतको सरकारी कम्पनी कोंकन रेल्वे कर्पोरेसनसँग रेल विभागले २०१९को मे महिनामा ८४ करोड ६५ लाख रुपैयाँमा खरिद गर्ने सम्झौता गरेको थियो।

१२ सय देखि १३ सय यात्रुले एकैपटक यात्रा गर्न सक्ने एउटा रेलमा पाँच वटा डिब्बासहितका दुईवटा रेल भारतको मद्रासमा बनेर आउने क्रममा लकडाउनका कारण कारण भारतको हाजीपुरमा रोकिएको थियो ।

रेल ल्याएर हाल गुरु भट्टराई महाप्रवन्धक रहेका नेपाल रेल्वे कम्पनीलाई हस्तान्तरण गरिने विभागका महानिर्देशक मिश्रले बताए भने मिश्र का अनुसार सबै तयारी समयकै पुरा भए एक महिनापछि सञ्चालनमा ल्याउन सकिने छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार