व्यापारी, ठेकेदारले चुनाव लड्न नपाइने कानुन प्रस्ताव हुँदै ।



प्रकाशित: भदौ १७, बुधबार, काठमाडौँ ।
निर्वाचन आयोगले निजी फाइदाका लागि पेशा व्यवसायमा संलग्न भएका व्यक्तिले निर्वाचनमा उम्मेदवार हुनुअगाडि त्यसबाट अलग भएको घोषणा गर्नुपर्ने भएको छ । त्यस्तै निर्वाचनमा उम्मेदवार हुने हरेक व्यक्तिले निर्वाचनसम्बन्धी आय-व्यय बैंकिङ्ग प्रणालीबाटनै गर्नुपर्ने प्रस्ताव गरिँदैछ । 

निर्वाचन सम्बन्धी कानुनलाई संशोधित गरी त्यस्ता किसिमका प्रावधान थप्ने गृहकार्य निर्वाचन आयोगले गर्दैछ । यसअघि उद्योग सञ्चालक, निर्माण व्यवसायी, विद्यालय, मेडिकल कलेजका सञ्चालक, आदि व्यक्तिहरु सजिलैसँग सांसद र त्यसपश्चात मन्त्री बनेका उदाहरणहरु प्रशस्त छन् । 

यस कारणले गर्दा उनीहरुले आफ्नो निजी स्वार्थका लागि कानुन बनाउने तथा कानुन संशोधन गर्ने गरेका छन् । निर्वाचन आयोगका अनुसार सम्पत्ति र प्रभावका आधारमा राजनीतिमा सहजै अवसर पाईरहेका व्यक्तिहरूको प्रवेशलाई निरुत्साहित गर्न कानुनमा यस किसिमको संशोधन गर्ने तयारी भइरहेको हो । 

आयोगले निर्वाचन सम्बन्धी रहेका नौवटा छरिएका कानुनहरुलाई एकीकृत गरेर ३ वटा बनाउने तयारी गरिरहेको छ । निर्वाचन आयोग, राजनैतिक दल सम्बन्धी र निर्वाचन सञ्चालन तथा व्यवस्थापनसम्बन्धी एकिकृत कानुन गरी जम्मा तीनवटा कानुन मात्रै राख्ने आयोगको ध्येय छ । आयोगले सरकारसँग मस्यौदा तयारी गर्नका लागि सैद्धान्तिक सहमति प्रस्ताव गरिसकेको जानकारी प्राप्त भएको छ । 

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार