होटल , रेष्टुरेन्ट, ट्रेकिङ र ट्राभल एजेन्सीहरु असोज १ देखि खोल्न पाइने, पार्टी प्यालेस, डान्स बार जस्ता मनोरञ्जन स्थल सञ्चालनमा रोग यथावत् ।



प्रकाशित: भदौ ३१, वुधबार, काठमाडौँ ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले गरेको निर्णय सार्वजनिक गर्दै परराष्ट्र मन्त्री एवं सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले असोज १ देखि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्धारण गरेको स्वास्थ्य मापदण्ड पालना गरी होटल, रेष्टुरेन्ट, ट्रेकिङ तथा ट्राभल सम्बन्धि व्यवसायीहरूहरु सञ्चालन गर्न पाइने निर्णय भएको जानकारी दिएका छन् ।

लकडाउन खुकुलो बनाएसंगै होटल रेस्टुरेन्ट बाट होम डेलिभरी तथा टेक् अवे सेवा सञ्चालन गर्न दिइएको थियो भने अब स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी होटल , रेष्टुरेन्ट, ट्रेकिङ र ट्राभल एजेन्सीहरु पूर्ण रुपमा सञ्चालन गर्न पाउने भएका छन् ।

तर, पाटी प्यालेस, डान्स बार, सिनेमा घर, जिमखाना,, चिडियाखाना, शैलुन, स्पाजस्ता व्यवसाय सञ्चालन भने अर्को निर्णय नहुन्जेलसम्म रोग याता बत रहेको छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार