लाइसेंस विहिन बाइक चालकको ठक्करबाट एक महिलाको मृत्यु ।



प्रकाशित: भाद्र २८, आईतबार, विराटनगर ।
तिव्र गतिमा गुडेको मोटरसाइकलको ठक्करका कारण विराटनगर महानगरपालिका १३ बस्ने ४० वर्षकी मीरा ठाकुरको मृत्यु भएको छ । को ७ प ५३३१ नम्बर प्लेटको मोटरसाइकलले ठक्कर दिँदा घाईते भएकी ठाकुरको न्युरो अस्पतालमा उपचारका क्रममा आइतबार बिहान मृत्यु भएको हो ।

मोटरसाइकलको ठक्कर कारण ठाकुरको टाउकोमा गम्भीर चोट लागेको थियो। विराटनगर–१० शान्ति चोकमा तीव्र गतिमा गुडिरहेको मोटरसाइकलले महिलालाई शनिबार दिउँसो करिब १ बजे ठक्कर दिएर घाइते बनाएको मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक राकेश पोदारले जानकारी दिए। 

प्रहरीले मोटरसाइकल चालक विराटनगर–८ बस्ने १९ वर्षीय जीयालाल राजवंशीलाई नियन्त्रणमा लिई घटनाको अनुसन्धान थालेको छ । मोटरसाइकल चालक राजवंशीले लाइसेन्स बिनानै मोटरसाइकल चलाउने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार