कक्षा ११ को परीक्षा स्थगन सम्बन्धी विराटनगर महानगर द्वारा सूचना ।


प्रकाशित: असोज १३, मङ्गलबार, विराटनगर ।
विराटनगर महानगरपालिका, नगर कार्यपालिकाको कार्यालयले असोज २५ बाट कक्षा ११ को परीक्षा हुने भनिएको मा, अर्को सूचना नआउन्जेल सम्मका लागि परीक्षा स्थगन गरेको छ । 

केही विद्यालयका सिक्षक र कर्मचारी हरुमा कोरोना संक्रमण भएको, र विभिन्न क्षेत्रबाट गुनासा हरु आएका कारण देखाउँदै महानगर को कार्यालय ले परीक्षा स्थगन गरिएको सूचना प्रकाशित गरेको छ ।

सूचनामा भनिएको छ, " विगत केही दिनयता केही पत्रपत्रिका तथा अनलाइन मिडियामा कक्षा ११ को परीक्षा समय तालिकासँग जोडिएर आएका समाचार तथा टिका टिप्पणीप्रति यस महानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ । कक्षा ११ को वार्षिक परीक्षा सञ्चालनको सम्पूर्ण जिम्मेवारी विद्यालयको हुने स्पष्ट कानुनी व्यवस्था कक्षा ११ को परीक्षा सञ्चालन, व्यवस्थापन, मूल्याङ्कन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि २०७७ मा रहेको छ । सो बमोजिम यस महानगरपालिकामा कक्षा ११ र १२ सञ्चालित सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापकहरुको मिति २०७७/०६/०९ को निर्णय बमोजिम परीक्षा मिति तय र कक्षा ११ परीक्षा सञ्चालन समन्वय समिति गठन भएको र सो समितिबाट कक्षा ११ परीक्षा सञ्चालन तथा समय तालिका सम्बन्धमा निर्णय भई परीक्षा तालिका प्रकाशन गरी समन्वयका लागि महानगरपालिकालाई अनुरोध भई आए बमोजिम यस कार्यालयले परीक्षातालिका प्रकाशित गरेको व्यहोरा जानकारी गराउँदै हाल केही विद्यालयका शिक्षक तथा कर्मचारीमा कोभिड १९ को संक्रमण पुष्टि भएकाले कोभिड १९ को जोखीमलाई ध्यानमा राखी असोज २५ गतेबाट सञ्चालन हुने भनिएको कक्षा ११ को परीक्षा कक्षा ११ परीक्षा सञ्चालन समन्वय समितिको मिति २०७७/०६ /१३ को निर्णयबाट अनुरोध भई आएकाले अर्को सूचना नआए सम्मका लागि स्थगित गरिएको छ । साथै संस्थागत विद्यालयले लिन पाउने शुल्कका सम्वन्धमा नगर शिक्षा समितिको मिति २०७७/०५/२८ को निर्णय वमोजिम असोज १ गतेदेखि मासिक शुल्क मात्र लिन पाउने व्यवस्था भएकाले सोही बमोजिम हुने हुँदा शुल्कसँग जोडिएर पत्र पत्रिका तथा अनलाइन मिडियामा आएका टिका टिप्पणीमा कुनै सत्यता नभएको व्यहोरा समेत सम्पूर्ण विद्यार्थी, शिक्षक, विद्यालय, अभिभावक तथा सरोकारवालाहरुलाई जानकारीका लागि अनुरोध छ। "

सूचना:

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार