मेथानल समावेश भएको तथा मापदण्ड विपरीतका सेनिटाइजर बजारमा, विक्री वितरण मा रोक।



प्रकाशित: असोज १२, सोमबार, काठमाडौँ ।
राष्ट्रिय औषधि प्रयोगशालामा गरिएको सेनिटाइजरको नमूना परीक्षणमा विषाक्त रसायन मेथानल मिश्रण गरेको भेटिएको र उक्त सेनिटाइजर मानव स्वास्थ्यमा हानी पुर्‍याउने भएकोले गोरखा पत्रमा सोमबार सूचना निकाल्दै विभागले त्यस्ता सेनिटाइजर प्रयोग नगर्न आग्रह गरेको छ।

विभागले विषाक्त रसायन मेथानल समावेश भएको तथा मापदण्ड विपरीतका समिश्रण सेनिटाइजरमा पाइएकोले त्यसले मानव स्वास्थ्यमा गम्भीर नकरात्मक असर पार्ने उल्लेख गरिएको छ भने त्यस्ता सेनिटाइजरहरूको उत्पादन तथा विक्री वितरण अविलम्ब रोक्न समेत विभागले आग्रह गरेको छ।


.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार