गुर्जो (अमृत बेल ), यो मर्दैन र मर्न पनि दिदैन: जानौँ यसका फाइदा । सेयर



प्रकाशित: भाद्र ३१, बुधबार, बिराटनगर ।
गुर्जो- अमृत बेल ( गिलोय / GILOY ) : के हो गुर्जो ?
गुर्जोलाई अमृता पनि भनिन्छ । यो बहुमुल्य र अत्यन्तै स्वास्थ्यकर गुर्जो न आफु मर्दछ न यसलाई सेवन गर्ने मान्छेलाई मर्न दिन्छ । प्राचिनकालमा देवता र दानव हरु बीच युद्ध हुँदा अमृत कलश बाट झरेका थोपाहरु जहाँ-जहाँ रहे त्यहाँ गुर्जो उम्रिएको थियो भन्ने मान्यता समेत रहेको छ ।

यो सबै प्रकारका व्यक्तिहरुले प्रयोग गर्नसक्ने जडिबुटी हो। हरेक किसिमको विराम निको पार्न सक्ने यसको औषधीय गुण रहेको छ । नेपाल र भारतका विभिन्न भूभागहरुमा गुर्जोको वृक्ष भेट्न सकिन्छ । लहरे सागसब्जी जस्तै यसको बोट फैलिएको हुन्छ र यसको पत्ता पानको पत्ताको आकारको हुन्छ । यसको लहराको मोटाई ५ सेन्टिमिटर सम्म हुने गर्दछ । आयुर्वेदमा गुर्जो ज्वरोको लागि सबैभन्दा ठुलो औषधि मानिएको छ । 

यसको पहेँलो-हरियो रङको फूल गर्मीको मौसममा देखिन्छ भने यसको फल जाडोको समयमा देखिन्छ । गुर्जोको फल हरियो रङको हुन्छ र पाकेपछि यसको रंग रातो हुँदै जान्छ। प्राय गरी यसको औषधीय गुण यस लहरामा हुन्छन् तर यसको पत्ता, फल र जरा पनि बहु उपयोगी मानिन्छ । 


गुर्जोलाई कसरी चिन्ने ?
गुर्जोको बोट लहरा जसरी फैलिएको हुन्छ र यसको पत्ता पानको पातको आकारको हुन्छ । यसको लहराहरुको मोटाई ५ सेन्टिमिटर भन्दा बढी हुन सक्दछन् । 

गुर्जो का औंषधीय गुणहरु के के हुन् ?
१.इम्युनीटी अथवा रोग प्रतिरोधात्मक क्षमता बढाउन 
२. डेंगु रोगका उपचारकालागि 
३. पाचन शक्ति बढाउनका लागि 
४. मधुमेह रोग उपचारका लागि 
५. मस्तिष्कको टोनिक को रुपमा 
६. दम, खोकी, रूघा मर्की का लागि 
७. हाड जोर्नी दुखेको निको पार्नका लागि 
८. यौन दुर्बलता हटाउनका लागि 
९. आँखाको तेज बढाउन का लागि 
१०. छालाको स्याहारका लागि

कसरी खाने गुर्जो ?
गुर्जोकाे सेवन विभिन्न तरिकाले गर्न सकिन्छ । यसलाई सुकाएर धूलो बनाएर पानीमा मिश्री सहित घोलेर पिउन सकिन्छ । त्यस्तै यसको डाँठ बेलुकी भिजाएर राख्ने र बिहान त्यसको पानी पिउन सकिन्छ । भिजेको डाँठ लाई कुटेर चियामा मिसाई, या गुर्जोको चिया बनाएर पनि पिउन सकिन्छ । यसको जरा, पत्ता/ पात र लहरा (डाँठ) प्रयोग हुन्छ ।

औसधीय गुणहरु :
गुर्जोमा एन्टिअक्सिडेन्ट गुण भएका कारणले यसले स्वास्थ्यमा सुधार ल्याउँछ र खतरनाक रोगहरु सँग लड्न सहयोग गर्दछ । यसले पिसाव नली बाट हानिकारक ब्याक्टेरियाहरु बाहिर फ्याँक्न सहयोग गर्दछ र अनेक रोगहरूबाट जोगाउँछ । नियमित एक गिलास गूर्जोको रस सेवन गर्ने हो भने रोगसँग लड्ने क्षमता आफै वृद्धि हुन्छ । 

अहिले कोरोना भाइरसको संक्रमणका कारण लाखौ मानिसहरु विभिन्न किसिमका उपायहरू खोजिरहेका छन् तर गुर्जो यस्तो अमृत हो जसले हाम्रो रोगसँग लड्नसक्ने क्षमतालाई वृद्धि गरी अन्य हजारौं किसिमका भाइरस तथा ब्याक्टेरियाहरु बाट हामीलाई जोगाउँछ । यो आयुर्वेदिक भएका कारण कुनै पनि किसिमको साइड इफेक्ट ल्याउँदैन । 

गूर्जो ले शरीरमा भएको रगतको प्लेटेलेट को वृद्धि गर्छ र डेंगु जस्ता खतरनाक रोगहरुबाट हामीलाई जोगाउँछ । यसका साथै ज्वरो र मलेरिया जस्ता रोगहरुबाट पनि मुक्ति दिन्छ । गुर्जो ले दिमागलाई आराम दिन्छ र शरीरको पाचन शक्ति वृद्धि गर्दछ । गुर्जोको धुलो बनाएर अमलासँग नियमित खाने हो भने यसले पाचनशक्तिलाई बलियो बनाई दिन्छ। 

गुर्जो हाइपो ग्लिमिसिक एजेन्टको रुपमा काम गर्ने भएका कारण यसले रक्तचाप र लिपिड को स्तरलाई कम गराइदिन्छ । टाइप टु को मधुमेय समेत उपचार गर्न यसले सहज बनाइदिन्छ । मधुमेहका बिरामीहरू ले नियमित एक गिलास गुर्जोको जुस पिउँदा उत्तम हुन्छ ।

गुर्जो दिमागको क्षमता बढाउनका लागि पनि प्रयोग गरिन्छ । यसको नियमित प्रयोगले स्मरणशक्तिलाई तीव्र पार्ने काम गर्ने गरेकाले विद्यार्थीहरुका लागि योग गुर्जो बहुउपयोगी छ। 

गुर्जोको नियमित प्रयोगले छालाका विभिन्न रोगहरुलाई पनि निको पार्दछ । यसका लागि गुर्जोको पेस्ट बनाएर छालामा लगाउँदा विभिन्न किसिमका दागहरु हट्दछ साथै छालाका विभिन्न किसिमका अन्य रोगहरु पनि निराकरण हुन्छन् । खाली पेटमा गुर्जोको रस पिउने हो भने विभिन्न किसिमका जुकाहरु पनि नाश हुन्छन् ।

गुर्जोको प्रयोग कसले नगर्ने ?
गुर्जोको प्रयोग गर्ने व्यक्तिहरूको उमेर कम्तीमा पाँच वर्ष ननाघेको हुनुपर्छ किनभने यसको औषधीय गुण साना बच्चाहरूको लागि कडा हुन सक्छ । चिकित्सकको सल्लाह बिना बच्चाहरूलाई गुर्जो खुवाउनु हुँदैन ।

त्यस्तै यदि तपाई मधुमेहको बिरामी हुनुहुन्छ र मधुमेहको औषधि सेवन गरिरहनुभएको छ भने चिकित्सक सँग सल्लाह लिएर मात्र गुरुजु कोष सेवन गर्नुपर्ने हुन्छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार