लकडाउनमा सरकारी कर्मचारी: कोहि सुतीसुती तलव खाने, कोहि खानै नखाई सुत्नुपर्ने ।



प्रकाशित: भाद्र १६, मंगलबार ।
" कामै नगरी सुतीसुती तलव खाने, काम गरेर जोखिम उठाएर तलव खाने र काम गर्दा पनि तलव खान नपाउने; तिन किसिमका कर्मचारीहरु अहिले देशमा छन् । "
गत साल चैत ११ गतेदेखि श्रावण ६ गतेसम्म देशभर लकडाउन गरियो , त्यसपछि बिभिन्न किसिमका कडाई र भदौ ३ गते यता देशका बिभिन्न जिल्ला र स्थानिय तहमा निषेधाज्ञा जारी छ । यसका कारण मानिसहरुको कस्टकर बन्दै गएको छ । त्यसमा पनि अझ कठिन बनेको छ निजि क्षेत्रमा काम गर्दै गरेकाहरुलाई । 

तथापि, यी सबै कुराले छुँदै नछोएको एउट सरकारी क्षेत्र बनेको छ। त्यस क्षेत्रका कर्मचारीहरुलाई लक डाउन र निषेधाज्ञाले रत्तिभर सताएको देखिन्न । घाटा तथा कस्टकर जीवन हैन बरु उल्टो फाइदा पुर्याएको छ उनीहरुलाई | कोरोनासंग लड्दै गरेका फ्रन्टलाइनका सरकारी कर्मचारी बाहेक अन्य कर्मचारीलाई निकै आनन्द रहेको छ । स्वास्थ्यकर्मी र सुरक्षाकर्मी बाहेक अन्य कर्मचारीलाई अहिले निकै हाइसन्चो भएको छ । यहि समुहको कुरा गर्ने हो भने सबैभन्दा आनन्द भएको छ सरकारी शिक्षकहरुलाई। 

सँगैमा निजि विद्यालयका र सरकारी विद्यालयमा अंग्रेजी माध्यममा अध्यापन गराइरहेका निजि श्रोतका शिक्षकहरु भने भर्चुअल कक्षामा व्यस्त छन् । विद्यार्थीहरुलाई नियमित समयमा पठन पाठन गराउनमै उनीहरुको दिनचर्या बितिरहेको अवस्था छ, तर बिना तलव । " दुइ घण्टे अनलाइन कक्षा पढाएको शुल्क किन तिर्नु ? " भन्ने अभिभावकहरुको मानसिकता र संचालन हुन नपाएका व्यवसाय र काम गर्न नपाएका पिडित व्यक्तिहरुबाट उठाएको कर बाट पोषित सरकारले " अनलाइन कक्षाको शुल्क नतिर्नु " भनि उर्दी गरेका कारणले ।

तर अचम्मको कुरा के देखिन्छ भने , तिनै अभिभावकहरुमध्ये धेरैले, अनलाइन कक्षामा यस्तो हुनुपर्यो , त्यस्तो हुनुपर्यो, कक्षा संचालन अझै बढाइदिनुपर्यो भन्दै दंग्याई दंग्याई सेवा लिन पछि परेका भने छैनन् । काम नलाग्ने अनलाइन कक्षा भन्दै शुल्क नतिर्ने भन्ने निर्णय गरेका उनै अभिभावकहरु अहिले आफ्ना नानीहरुलाई अनलाइन कक्षामा पढाइरहेका छन् , तर शुल्क भने तिर्ने पक्षमा छैनन् । 


कतिपय अभिभावकहरुलेत सामाजिक संजालमा अब निजि शिक्षकले मरेपनि हुन्छ, तिमीहरुका दिन गए भनेर लेख्न पनि भ्याए । यसमा निजि शिक्षकको के दोष ? निजि शिक्षक भनेका संचालक हैनन , कर्मचारी मात्र हुन, उनीहरुको लाखौ लाख तलव हुदैन । केहि महिना पढाएको तलवले महिनौ सम्म पुग्दैन ।

अनलाइन कक्षा पर्याप्त छैन तर अपर्याप्त हुनु भनेको कामै नलाग्ने हुनु भन्ने होइन । वर्षभरी यस्तै अवस्था देशको रहने हो भने, पछि कक्षोन्नति गर्ने समयमा त्यहि अनलाइन कक्षामा प्राप्त ज्ञान आवस्यक हुने देखिन्छ । अरु विद्यालयका विद्यार्थीहरु त्यहि अनलाइन कक्षाका आधारमा माथिल्लो कक्षामा पुग्दा, आफ्ना नानीहरु किन पुगेनन् भन्ने प्रश्न त्यतिबेर तेर्स्याएर जवाफ पाउन सक्ने अवस्था रहँदैन बरु बिगत सम्झेर पछुताउने अवस्था मात्रै हुने देखिन्छ ।

यता निजि शिक्षकहरुलाई भने " काम चाहिँ गर तर माम चाहिं पाउदैनस " भनेजस्तो भैसकेको छ । तर सरकारी शिक्षकलाई भने यसले कत्ति पनि छोएको छैन । उनीहरुको दिनचर्या अहिले घरमै बसेर बितिरहेको छ, कुनै किसिमको काम उनीहरुले गरेका छैनन् तर उनीहरुको तलव भने सरकारले एकै रुपैया पनि रोकेको छैन । प्रमुख शहर र इन्टरनेटको पहुँच भएका ठाउँमा केही सरकारी विद्यालय र कलेजले र सिमित शिक्षकले विद्यार्थीको अनलाइन कक्षा लियिरहेका छन् । अन्य सबै ढुक्कले लकडाउन मनाइरहेका छन् । हाल देशभरि करिब डेढ लाख सरकारी शिक्षक कर्मचारी हरु छन् जसमध्ये अधिकांशको दिनचर्या हाइसंचोमा बितिरहेको छ ।

यहि अवस्थाका कारण निजि शिक्षक हरुले पेशा परिवर्तन गर्न खोजिरहेका छन् , तर पाउने अवस्था भने छैन । सम्पूर्ण क्षेत्र ठप्प पारि देश नै लक डाउन गरिदिएको अवस्था, र अझ विदेशिएका नेपालि समेत नेपाल फर्किएको यस्तो अवस्थामा रोजगार पाउने कुरा त सम्भवनै भएन । तर यसले समग्र क्षेत्रलाई प्रभाव पार्ने विज्ञहरु बताउछन । दशौँ वर्षदेखि पढाउँदै आएका शिक्षकहरुको सिक्षण पेशाप्रतिको नैराश्यताले भोलि उनीहरुले पेशा परिवर्तन गरेमा, कम अनुभवी र नयाँ सिक्षकहरुको जन्क्सन मात्रै हुनेछन निजि विद्यालय , अनुभवी शिक्षकको कार्यस्थल हुने सम्भावना देखिदैन ।

यसले दिर्घ रुपमा प्रभाव पार्ने निश्चित छ । यता सरकारले पनि निजि सिक्षकहरुको आन्दोलनलाइ खासै ध्यान दिएन, बरु निषेधाज्ञा थप्दै अन्य आन्दोलन पक्षलाई समेत कोठाभित्र सिमित गरिदिएको छ ।

शिक्षक बाहेक अन्य कर्मचारीहरुलाइ पनि यतिबेला आनन्द छ । ७७ वटै जिल्लाका जिल्ला प्रशासन कार्यलय, सिंहदरबारस्थित विभिन्न मन्त्रालय र संसद सचिवालयका कर्मचारीहरु कार्यालय त गएका छन्, तर पालावाली । विभिन्न संघ संस्थान, विभाग, भन्सारसहित सबै कार्यालयमा माथिल्लो तहका कर्मचारी उपस्थित भएर आंशिक खुला गरेका छन् । बाँकी कर्मचारीहरुलाई बिदा दिइएको छ । संवैधानिक निकायहरु पनि त्यति खुलेका छैनन् ।

तर स्वास्थ्य र सुरक्षा क्षेत्रमा खटिने कर्मचारीहरुलाई भने बिदा पनि दियिएको छैन , जोखिम उठाएको भत्ता पनि दियिएको छैन , बिदामा बसेका कर्मचारीहरुलाई समेत फिर्ता बोलाएर काम लगाइएको छ । कोरोना को जोखिममा काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, प्रहरी, नेपालि सेना आदि क्षेत्रका कर्मचारी भने अहोरात्र खटिरहेका छन् । यहि जोखिममा आफ्नो पेशागत नैतिकता बुझेर वैकल्पिक सिकाई गर्दै गरेका निजि श्रोतका सिक्षकहरुलाई त झन् काम गर्दा समेत तलव पाएका छैनन् । सुतीसुती तलव खाने, जोखिम उठाएर तलव खाने र काम गर्दा पनि तलव नपाउने ; तिन किसिमका कर्मचारी अहिले देशमा छन् ।

यति हुँदा पनि सरकारले अहिलेसम्म कुनै किसिमको नीति ल्याएको छैन , न त त्यसतर्फ ध्यान नै गएको देखिन्छ । अहिले देश कठोर अर्थव्यवस्था (rigged economy) तर्फ गैसकेको छ । भविस्यमा यो झन् भयावह हुने देखिन्छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार