SOSON को अन्तर्क्रिया तथा परिचयात्मक कार्यक्रम सम्पन्न ।



प्रकाशित: भाद्र २७, शनिबार ।
सामाजिक अध्ययन तथा अनुसन्धान समाज ( SOSON) माेरङ तथा झापाकाे संयुक्त आयाेजनामा झापा, माेरङ र उदयपुर जिल्लाका शाखाहरु विच परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे छ । 

केन्द्रीय अध्यक्ष महेन्द्र विष्ट प्रमुख अतिथी रहेकाे उक्त कार्यक्रमकाे अध्यक्षता माेरङ अध्यक्ष सन्ताेष पाेख्रेलले गर्नुभएकाे थियाे भने कार्यक्रममा झापा जिल्ला शाखाका अध्यक्ष वद्री कार्कीले पेश गर्नु भएकाे सामाजिक अध्ययन विषय सम्बन्धि कार्यपत्रमाथी गहन झलफल भएकाे थियाे । 
उक्त कार्यपत्रमा उदयपुरका शाखा अध्यक्ष काशीराज कार्की र माेरङ अध्यक्ष सन्ताेष पाेख्रेलले टिप्पणी गर्नु भएकाे थियाे । माेरङ, झापा र उदयपुर जिल्ला शाखाका सम्पूर्ण पदाधीकारी र विभिन्न जिल्लाका सामाजिक विषयका शिक्षक हरुकाे उपस्थिति रहेकाे उक्त कार्यक्रमलाई सम्वाेधन गर्दै केन्द्रीय अध्यक्ष महेन्द्र विष्टले यस्ता कार्यक्रम वाट सामाजिक विषय शिक्षकहरुकाे क्षमता विकास हुनुका साथै राष्ट्र निर्माणमा याेगदान पुग्न जाने वताउनु भयाे।

केन्द्रीय काेषाध्यक्ष शुशीला ढकाल तथा विभिन्न संघ संस्थाका प्रतिनिधि समेतकाे उपस्थिति रहेकाे कार्यक्रमकाे संचालन माेरङ शाखाका सचीव झंक प्रसाद पराजुलीले गर्नु भएकाे थियाे ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार