कात्तिक १ बाट सञ्चालन हुने भयो नेपाल र भारतबीच व्यावसायिक हवाई उडान ।


Nepal-India-flight

प्रकाशित: असोज २५, आइतबार, काठमाडौँ ।
लकडाउन खुकुलो गरेसँगै नेपालले १ सय ६४ दिनपछि भदौ १६ देखि अन्तर्राष्ट्रिय उडान सञ्चालन गरेको थियो भने भारतले अझै अन्तर्राष्ट्रियतर्फ नियमित उडान खोलिसकेको छैन ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई र नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राबीच शुक्रबार सिंहदरबारमा नेपाल र भारतबीच व्यावसायिक हवाई उडान खुलाउनेबारे छलफल भए सँगै २०७६ चैत ९ गतेदेखि रोकिएको उडान कात्तिक १ देखि सञ्चालन गर्ने स्रोतले बताएका छन्।

तीन साताअघि भारतले नेपालमा रहेका आफ्ना नागरिकलाई मात्रै सेवा दिने उद्देश्य राखेर नेपाल सरकारमार्फत नागरिक उड्डयन प्राधिकरणलाई प्रस्ताव पठाएको थियो,’ भने प्राधिकरणका एक उच्च अधिकारीले ‘एयर बबल नामकरण गरिएको उक्त प्रस्तावमा नेपाल र भारतले आ–आफ्ना नागरिकलाई मात्रै हवाई सेवा दिने प्रस्ताव पठाएका थिए।


भारतले नेपालसहित थुप्रै एसियाली मुलुकमा एयर बबल मोडलबाट नियमित उडान गर्ने तयारी गरिरहेको छ भने नेपालको हकमा उक्त प्रस्तावलाई प्राधिकरणले अनुमतिका लागि तालुक निकाय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पठाएको थियो ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार