अपि पावरको हकप्रदमा आजबाट आवेदन खुला



प्रकाशित: कार्तिक १४, शुक्रबार, काठमाडौं । 
अपि पावर कम्पनी लिमिटेडले आज देखि हकप्रद शेयर निष्काशन गर्न लागेको छ । कम्पनीले एक सय रुपैयाँ अंकित दरका ५६ करोड ७० लाख रुपैयाँ बराबरको ५६ लाख ७० हजार कित्ता हकप्रद बिक्री खुला गर्न लागेको हो । 

कम्पनीको उक्त हकप्रद शेयरमा फागुन ३० गतेसम्म कायम शेयरधनीहरुले मात्र आवेदन दिन सक्नेछन्। कम्पनीले हाल कायम एक कित्ता शेयर बराबर नयाँ ०.४७ कित्ता शेयर अनुपातमा हकप्रद शेयर निष्काशन गर्नेछ । कम्पनीको हकप्रद शेयरको बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ। 

हाल १ अर्ब १९ करोड ७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको हकप्रद निष्काशनपछि पूँजी १ अर्ब ७५ करोड ७७ लाख रुपैयाँ पुग्नेछ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial