अधिकांश व्यक्तिहरू कालो चिया वा अन्य यस्तै प्रकारका चिया पिउँछन्, कहिले ओओलोङ्ग चियाको चुस्की लिन मनपराउँछन्, र केहि मानिसहरूलाई सेतो चियाको स्वाद मन पर्छ। भिन्नता के हो, र के कारण ले हरियो चिया( ग्रीन टी ) लाभदायक छ ?
चार प्रकारका चियाहरूमध्ये, हरियो चिया प्रसोधितहुँदा कम अक्सिडाइज्ड हुन्छ, र यसैले यसलाई सब भन्दा फाइदाजनक बनाउदछ ।
१. हरियो चियामा फ्याट बर्न गुणहरू हुन्छन , यसले पाचन प्रणालि को विकास गर्दछ ।
२. ग्रीन चियाले मुख, मृगौला, अग्न्याशय, पेट, र स्तन ग्रंथि लगायतका क्यान्सरसँग लड्न सक्छ ।
३. हरियो चियाले वजन घटाउन सहयोग पुर्याउँछ, यसले तौल र कम्मरको परिधि घटाउन मद्धत गर्छ ।
४. हरियो चियाले खराब कोलेस्ट्रोल कम गर्न र हृदय रोगसँग लड्न मद्धत गर्दछ ।
५. हरियो चियाले टाइप २ मधुमेह लाई रोक्न सक्छ
६. हरियो चियाले मौखिक ब्याक्टेरियाहरू बिरूद्ध लड्छ र मौखिक स्वास्थ्यलाई फाइदा पुर्याउँछ ।
७. हरियो चियाले न्यूरोडोजेरेटिव रोगहरूको जोखिम कम गर्छ र दिमागको क्षमता बचाउँछ ।
८. हरियो चियाले दिमागको कार्य गर्न मद्दत गर्दछ, हरियो चियामा रहेको क्याफिनले एक उत्तेजकको रूपमा काम गर्दछ। हरियो चिया दिमागको कार्य सुधार्न परिचित छ, प्रतिक्रिया समय, मुड, र उत्पादकताका लागि हरियो चिया राम्रो मानिन्छ ।
९. हरियो चियाले हड्डीको मजबुती बलियो बनाउँछ ।
Post a comment
आफ्नो प्रतिक्रिया दिनुहोस् :