दशैँभत्ता फिर्ता गर्न संसद सचिवालयलाई रावलको पत्र ।


प्रकाशित: कार्तिक २, आइतबार, काठमाडौँ । 
नेकपा सांसद भीमबहादुर रावलले आफ्नो दशैँभत्ता फिर्ता गर्न संसद सचिवालयलाई एक पत्र लेखेका छन् । संसद सचिवालयका महासचिवलाई पत्र लेखी रावलले आफ्नो दशैँ भत्ता फिर्ता हुने व्यवस्था गर्न आग्रह गरेका छन् । 

उनको पत्रमा लेखिएको छ ;

मितिः २०७७-७-२
श्री महासचिव जी,
संघीय संसद सचिवालय
सिंहदरबार, काठमाण्डौं ।
विषयः दसैँ भत्ता वापतको रकम फिर्ता गरिएको ।
महाशय,
देश विषम परिस्थिति तथा आर्थिक कठिनाइमा रहेको बेला जनप्रतिनिधि हरु , विशेषत: साँसदहरुका लागि दसैँ भत्ता वापत रकम उपलब्ध नगराउने नीतिगत निर्णय नै हुनुपर्ने हो । निवेदन दिइरहनु पर्ने होइन । तर त्यसो नगरिएको र त्यस सचिवालयका कर्मचारीलाई उधृत गर्दै निबेदन दिएमा उक्त भत्ता रोकिने कुरा समाचार माध्यममा प्रकाशित भएको हुँदा मेरो दसैं भत्ता फिर्ता हुने व्यवस्था गर्नका लागि आग्रह गर्दछु । यदि मेरो खातामा जम्मा भइसकेको रकम हाल त्यस रसाचवालयले फिर्ता लिन कठिनाई हुने भएमा भत्ता बराबरको मबाट चेक लिएर वा मेरो आगामी महिनाको पारिश्चीमकवाट सौ रकम कट्टी हुनेगरी जुन त्यस सचिवाललयलाई सहज हुन्छ सोही अनुरुप गर्नुहोला । 

यसबारे खवर पाउने अपेक्षा सहित । 
धन्यवाद ।
भवदीय,
भीम बहादुर रावल
सदस्य, प्रतिनिधि सभा



.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार