सीमावर्ती क्षेत्रबाट ३ लाख २५ हजार किलो अवैध हरियो केराउ बरामद ।


प्रकाशित: असोज १५, विहीबार, विरगञ्ज ।
भारतसँग जोडिएको खुल्ला सिमाका कारण सीमानाकाहरुबाट तेस्रो मुलुकबाट अनुदानको रूपमा निकै सस्तो दरमा नेपाल आउने हरियो मटर (केरउ) अत्याधिक मात्रामा भारत तर्फ तस्करी हुने गरेको छ भने हिजो बुधबार प्रदेश २ का प्रदेश प्रहरी टोलीले ठूलो परिमाणमा वीरगन्ज महानगरपालिका–१६ इनर्वास्थित भारतको सीमा नजिकै अवैध रुपले गोदाममा भण्डारण गरी राखिएको ६ हजार ५ सय बोरा हरियो केराउ बरामद गरेको छ।

भारततर्फ तस्करी गर्ने उद्देश्यले सिमाना नजिकै भण्डारण गरिएको केराउ को बजार मूल्य २ करोड ६० लाख रुपैयाँ रहेको २ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक धिरजप्रताप सिंहले बताए।

व्यापारीले सिमाना नजिकैका गाउँमा केराउ भण्डारण गरी रातको समयमा अवैध रुपले भारततर्फ तस्करी गर्ने गरेका छन् । 


डिआईजी सिंहका अनुसार अवैध कारोबार नियन्त्रणका लागि परिचालन गरिएको प्रहरी टोलीले मंगलबार राति नेपालबाट भारततर्फ सामान ओसार्ने ट्याक्टरको पिछा गर्दा गोदामसम्म पुगेको हो र सीमा नजिकै अवैध रुपले भण्डारण गरिएको ३ लाख २५ हजार किलो हरियो केराउ बरामद भएको हो। उक्त बरामत हरियो केराउ केराउ बाराको परवानीपुर गाउँपालिका–३ लिपनीमा आधिकारिक कार्यालय रहेको प्रिज्म एग्रो कमोडिटिज ट्रेडिङ प्रालिको रहेको डिआईजी सिंहले जनाए ।

ललितपुरका वेदान्तजंग राणाको नाममा दर्ता भएको ट्रेडिङले केराउ बिक्री गरेको बिलमा खरिदकर्ताको ठाउँमा आफ्नै नाम उल्लेख गरेको फेला परेपछि थप शंका उत्पन्न भएको डीआईजीले बताए। थप अनुसन्धानका लागि फर्मका प्रबन्धक प्रभात श्रेष्ठ र ना.६.त ८७१० नम्बरको ट्याक्टर समेत प्रहरीले नियन्त्रणमा लिएको छ भने केराउ राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइने डिआईजी धिरजप्रताप सिंहले बताए।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial