रौतहटको बृन्दावन नगरपालिकामा शुक्रबार एक १४ वर्षीय किशोरीको हत्या भएको छ । उनको बलात्कारपछि हत्या गरिएको प्रहरीले अनुमान लगाएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार गढीमाई नगरपालिका १ घर भई बृन्दाबन नगरपालिका ४ मा मामाको घरमा बस्दै आएकी सीताराम शाहकी छोरी सञ्जाकुमारी साहको हत्या भएको हो ।
बिहान १० बजे तिरको समयमा घाँस काटन गएकी किशोरी साँझसम्म पनि घर नफर्किएपछि परिवार र स्थानीयहरुले खोजी गार्दा अर्धनग्न अवस्थामा स्थानीय होसनारायण यादवको उखुबारीमा उनको शव अर्धनग्न अवस्थामा फेला पारेका थिए ।
स्थानीयवासीका अनुसार शवको अवस्था हेर्दा बलत्कार पछाडि हत्या भएको देखिन्छ । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रबक्ता डिएसपी भरत श्रेष्ठका अनुसार उक्त घटनाको अनुसन्धान भइरहेको छ ।
Post a comment
आफ्नो प्रतिक्रिया दिनुहोस् :