प्रदेश सरकारले निर्माण गरेको कानूनको उल्लङ्घन गरेर प्रदेश १ स्थित झापाको बुद्धशान्ति गाउँपालिकाले सवारी साधन खरिद गरेको छ ।
प्रदेश सरकारले हलुका सवारी साधन खरिद गर्न अनुमति दिएको भए पनि गाउँपालिकाले बिर्तामोडको सकुशल ट्रेड लिङ्कबाट खरिद गरिएको सवारी साधनका लागि गाउँसभाबाट ५५ लाख र अध्यक्ष तथा उपाध्यक्ष मातहतमा रहने आन्तरिक कोषबाट १२ लाख थप गरी ६६ लाख ८० हजार रुपैयाँमा गाडी खरिद गर्ने सम्झौता भएको छ ।
प्रदेश सरकारले प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीहरूका लागि सवारी खरिद गर्दा तोकिएको मापदण्डभन्दा बढी मूल्य खर्च गरेर बुद्धशान्ति गाउँपालिकाले गाडी खरिद गरेको हो ।
जनप्रतिनिधिहरू जनताप्रति जिम्मेवार हुनुभन्दा सुविधा थप्नेतर्फ केन्द्रित भएको भन्दै उनीहरूको आलोचना हुँदै आएको बेला गाउँपालिकाले सुविधासम्पन्न गाडी खरिद गरेको हो ।
Post a comment
आफ्नो प्रतिक्रिया दिनुहोस् :