प्रकाशित: २१ असोज, बुधवार , काठमाडौँ ।
यती एयरलाइन्सले काठमाडौं–सिमरा नियमित व्यवसायिक उडान सुरु गरेको छ। यो रुटमा यतिले १२ वर्षपछि सेवा थालेको हो। स्थापनाको १२ औँ वाषिर्कोत्सवको अवसर पारी यतिले बाराको सिमरामा उडानको घोषणा गरेको थियो। यसअघि यहाँ बुद्ध एयरको मात्र उडान सेवा थियो ।
७२ सिट क्षमताका पाँच एटिआर ७२ जहाज र ५ जेटस्ट्रिम भएको यतीले यात्रुको माग धेरै भएको भन्दै उडानको योजना बनाएको हो। अब सिमरामा यतीको ९ औं र २ नं. प्रदेशमा दोश्रो गन्तव्य थपिएको छ । यतीले प्राधिकरणबाट दैनिक ३ उडान गर्नका लागि अनुमति पाएको छ।
आज पहिलो दिन काठमाडौँ- सिमरा-काठमाडौँ उडान गर्ने यात्रुमध्ये गोला प्रथा मार्फत १ जनालाई निः शुल्क हवाई टिकट उपलब्ध गराईने समेत उनले जानकारी दिएको छन् ।
यतीले काठमाडौँ- सिमरा-काठमाडौँको एकतर्फी प्रमोशनल शुरुवाती भाडा १,९९९ तोकेको छ। हरेक दिन विहान ९.१० बजेे पहिलो र साँझ ४.४५ दोस्रो गरी यतिले सिमरामा दुई उडानको योजना बनाएको छ।
Post a comment
आफ्नो प्रतिक्रिया दिनुहोस् :