दसैँ र तिहार नजिकदै जाँदा मठ मन्दिरहरु खुल्ने आशा।



प्रकाशित: २१ असोज, बुधवार , काठमाडौँ ।

हाम्रो देश को महान चाड दसैँ र तिहार लाई भनिन्छ तर गत चैत महिना देखि देशभरि नै लकडाउन हुनाले र महामारी को संकटमा मठ मन्दिर हरु खुल्ने की नखुल्ने कुरा स्पष्ट पार्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले देशभरका धार्मिक शक्तिपीठलाई कात्तिक १ गतेदेखि खुला गर्ने तयारी भएको बताएका छन् । 

आज बिहान मन्त्री भट्टराईले ओलाङचुङ्गोलास्थित बिओपीको उद्घाटन गरेका थिए। ओलाङचुङ्गोलास्थित बोर्डर आउट पोष्ट (बिओपी) को उद्घाटनका क्रममा आज गृह जिल्ला ताप्लेजुङ आएका मन्त्री भट्टराईले सुकेटार विमानस्थलमा सञ्चारकर्मीहरुसँग भने, “कोभिड–१९ का कारण लामो समयदेखि बन्द रहेका धार्मिक तथा साँस्कृतिक क्षेत्रलाई क्रमशः निश्चित सङ्ख्यामा खोल्दै लैजाने सरकारको तयारी छ ।”
 
कार्यक्रममा गृहसचिव महेश्वर न्यौपाने, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललगायत सहभागि रहेका थिए।

मन्त्री भट्टराईले आगामी मन्त्रिपरिषद्को बैठकमा धार्मिक क्षेत्रलाई खुला गर्नु पर्ने प्रस्ताव लैजाने र पारित भएमा कार्तिक महिनाको शुरुदेखि क्रमशः खोल्दै लगिने बताउँदै दशैँ र तिहारजस्ता महानचाड र लामो समयदेखिको बन्दीका कारण धार्मिक तथा साँस्कृतिक पर्यटन क्षेत्रहरु नराम्रोसित प्रभावित भएको अवस्थामा स्वास्थ्य सतर्कतासहित क्रमशः खोल्दै लैजाने स्पष्ट पारे । 

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार