फिफा अध्यक्ष लाई कोरोना संक्रमण ।



प्रकाशित: कार्तिक १४, शुक्रबार, एजेन्सी । 
विश्व फुटबलको सर्वोच्च निकाय विश्व फुटबल महासंघ (फिफा) का अध्यक्ष गियानी इन्फान्टिनोलाई कोराना संक्रमण भएको छ । फिफाले अध्यक्षलाई कोरोना संक्रमण भएको बुधबार पुष्टी गरेको छ ।

५० वर्षे विश्व फुटबल प्रमुखलाई कोरोनाको केहि लक्षण देखिएको बताइएको छ । संक्रमणपछि उनी १० दिनका लागि सेल्फ आइसोलेसनमा बसेका छन् ।

‘फिफा अध्यक्ष इन्फान्टिनोलाई कोराना भएको आए पुष्टी भएको छ । कोरोना परिक्षणमा पोजेटिभ देखिएको छ,’ फिफाले विज्ञप्ती गरेको विज्ञप्तीमा भनिएको छ, ‘अध्यक्षलाई हल्का लक्षण देखिएको छ । त्यसलगत्ती उनले आफुलाई आइसोलेसनमा बसेका छन् । कम्तीमा १० दिन उनी क्वारेन्टिनमा बस्नेछन् ।’

फिफाले अध्यक्षको सम्पर्कमा आउनेका लागि पनि सुचित गर्दै सचेतनाका लागि आग्रह गरेको छ । फिफा सचिवालयले अध्यक्षलाई शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ । हालै ब्राजिल तथा बार्सिलोनाका पुर्व स्टार रोनाल्डिन्होलाई पनि कोरोना संक्रमण भएको थियो ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार