आजदेखि नेपाल राष्ट्र बैंकले रु १८ अर्ब २५ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने



प्रकाशित: असोज २६, सोमबार, काठमाडौँ । 
आज सोमबारदेखि नेपाल राष्ट्र बैंकले रु १८ अर्ब २५ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।

केन्द्रीय बैंकले बिक्री गर्न लागेकोमध्ये रु तीन अर्बको ट्रेजरी बिल भने नयाँ हो र रु १५ अर्ब २५ करोड बराबरको ट्रेजरी बिल भने नवीकरण गर्न लागिएको हो ।

राष्ट्र बैंकले कूल ३६४ दिने अवधिका लागि उक्त ट्रेजरी बिल जारि गर्न लागेको सूचनामा उल्लेख गरिएको छ । बैंकका अनुसार रु ३ अर्ब बराबरको नयाँ र रु १५ अर्ब २५ करोडबराबरको नवीकरण गर्न लागिएको ट्रेजरी बिल २०७८ असोज २६ गते म्यचुअर हुनेछ ।


सो ट्रेजरी बिल बोलकबोल विधिमार्फत बिक्री गरिने  बताइएको छ । यस्तै केन्द्रीय बैंकले यही असोज २० गते रु १० अर्ब बराबरको विकास ऋणपत्र बोलकबोल गरेको थियो ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार