चीनतर्फका हराएको भनिएको १२ नम्बर पिलर नयाँ बनाइएको अवस्थामा ।


प्रकाशित: असोज १९, सोमबार, हुम्ला ।
 
चीनसँग सिमाना जोडिएको कर्णाली प्रदेश स्थित हुम्लाको उच्च स्थानमा १२ नम्बर पिलर पुनर्निर्माण गरेको अवस्थामा पाइएको छ भनी१२ नम्बर पिलर नयाँ बनाइएकै ठाउँमा पुरानो पिलरका टुक्रा र बालुवा पनि भेटिएको छ।

सीमा निरीक्षणका लागि हुम्लाको लाप्चा क्षेत्रको ललुङजोङ पुगेको स्थानीय जनप्रतिनिधिसहितको टोलीले सीमा स्तम्भ पुनर्निर्माण गरेको भेटाएका हुन्।

तर नापी विभागले भने १५ वर्षयता नेपाल र चीनबीचको सीमामा कुनै पनि पिलर पुर्निनिर्माण नगरेको बताउँछन्। यही महिना लाप्चा क्षेत्रको ललुङजोङमा चिनियाँ पक्षले एकतर्फी रुपमा ९ वटा भवन निर्माण गरेको खबर बाहिरिएपछि प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी गिरीसहितको प्राविधिक टोली ललुङजोङ पुगेर स्थलगत अध्ययन गरेका थिए भने अध्ययनपछि चीनले आफ्नै भुभागमा भवन बनाएको पुष्टि भएको सिडीओ गिरीले गरेको थियो । परराष्ट्र मन्त्रालयले पनि नेपाली भूमि चीनले भवन बनाउँदा अतिक्रमण नभएको बताउँदै आएका थिए।

तर, स्थलगत रिपोर्टिङका क्रममा नाम्खा गाउँपालिकाका उपाध्यक्ष पेना लामाले पुरानो सीमा स्तम्भलाई भत्काएर नयाँ बनाएको देखिएको जानकारी दिएकी छिन् । 


स्थलगत अनुगमनका लागि सीमा क्षेत्रमा कर्णाली प्रदेशका प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता जीवनबहादुर शाही, संविधानसभा सदस्य रिता शाही, कांग्रेस हुम्ला जिल्ला सभापति जयपति रोकाय अहिले यस क्षेत्रमा आईपुगेका छन भने‌ टोलीसँगै यहाँ आइपुगेका स्थानीयले पनि सीमा स्तम्भ नयाँ बनाएको पाइएको र वस्तीबाट टाढा रहेकाले कहिले पुनःनिर्माण गरियो भन्ने यकीन नभएको जानकारी दिएका छन्।

विभागका सूचना अधिकारी दामोदर ढकालले एक पक्षीय रुपमा कुनै पनि देशले सीमाबारे सामान्य काम पनि गर्न नपाउने भएकाले सन् २००५ पछि सरकारले चीनतर्फको सीमा मर्मत, रंगरोगन गर्नका लागि सर्वेक्षकको टोली नपठाएको जानकारी दिए।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार