आईसीपी हुँदै भित्रिएको गाडीबाट ठूलो परिमाणमा लागुऔषध बरामद।



प्रकाशित: असार २६, सोमबार, बीरगञ्ज ।
इलाका प्रहरी कार्यालय सुगौली बिर्ताको टोलीले शनिबारराति १० बजेको समयमा वीरगञ्ज महानगरपालिका-२४ बहुअरी चोकस्थित रामगढवा सडक खण्डमा आईसीपी हुँदै भित्रिएको गाडीबाट ठूलो परिमाणमा लागुऔषध बरामद गरेको छ ।

लागुऔषध ओसार पसारमा संलग्न रहेको आशंकामा प्रहरीले तीन जना व्यक्तिलाई पक्राउ गरेका छन‌ भने पक्राउ पर्नेमा ट्रक चालक भारत पूर्वी चम्पारण जिल्ला मोतिहारी थाना रक्सौल ग्राम गम्हरिया पोष्ट हर्दिया वडा नं.४ बस्ने २० वर्षीय बिक्रान्त पटेल, ट्रकमा सवार २८ वर्षीय रामबालक राम र २० वर्षीय आकाशकुमार राम रहेका छन्।

वीरगञ्जको एकीकृत भन्सार जाँच चौकीबाट जाँचपास भई आएको एचआर३८भी ४८९५ नम्बरको ट्रकको चालक क्यावीनबाट, चालक बस्ने सिटको पछाडिको सिटमुनि तथा बोर्नटको क्यावीनमा लुकाएर ल्याउँदै गरेको अवस्थामा लागुऔषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिए।


जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख गंगा पन्तका अनुसार ट्रकबाट नुर्फिन २९७ एम्पुल, फेनारगन २९७ एम्पुल, डाइजेपाम २९७ एम्पुल गरी लागुऔषध इन्जेक्सन ८९१ थान र २१ सय एमएल विनसिरेक्स १२ सय ६ बोताल बराम भएको छ।

लागुऔषध छ भन्ने सूचनाको आधारमा आईसीपीबाट जाँच पास भई निस्केर हेटौंडातर्फ जान लागेको ट्रक लाई टोलीले नियन्त्रणमा लिएर चेकजाँच गर्दा ठूलो परिमाणमा लागुऔषध फेला परेको पन्तले बताएकी छिन्।

पक्राउ परेका तीनै जनालाई लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम लागुऔषध सम्बन्धी कसुर मुद्दा दर्ता गरी थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार